coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार हमाल पक्राउको चौतर्फी विरोध, रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी

सर्वाेच्च परिसरबाट हमाललाई पक्राउ गर्दै प्रहरी।

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको आरोपमा पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट नै पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ, फ्रिडम फोरमलगायतमा विभिन्न संघ संस्थाले विरोध जनाएका छन्।

अभद्र व्यवहार गरेको आरोपमा उनलाई भदौ ६ गते कास्की प्रहरीले पक्राउ गरेको थियो। जनसञ्चार डटकम अनलाइनका सम्पादकसमेत रहेका हमाल पोखराको सिसुवाबाट पक्राउ परेका थिए। कुनै कसुर नगरी पक्राउ गरेको भन्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधिश केदारप्रसाद चालिसे र ईश्वर खतिवडाको इजलासले हमाललाई रिहा गर्न आदेश दिएको हो।

तर सर्वोच्चको आदेशसँगै रिहा भएका पत्रकार हमाललाई प्रहरीले पुनः पक्राउ गरेको गरेपछि त्यसविरुद्धमा पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाले प्रदर्शन गरेका छन्। सर्वोच्चले पत्रकार हमाललाई छोड्न आदेश दिएपनि प्रहरी उनलाई सर्वोच्च परिसरबाट नै पुन पक्राउ गरेपछि राजनीतिक आस्थाका आधारमा पत्रकारलाई समात्ने कार्य गलत भएको भन्दै पत्रकार महासंघको बुधबार देशभर आन्दोलन गरेको गरेको छ।

उनलाई तत्काल रिहाइ नगरे अझ कडा आन्दोलनमा उत्रने पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए। पत्रकारलाई बिना कसुर राजनीतिक आस्थाका आधारमा समात्ने कार्य निन्दनीय भएको भन्दै उनले प्रहरीको गलत हर्कत स्वीकार्न नसकिने स्पष्ट पारे। हमाल नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य हुन्।

प्रकाशित: १९ भाद्र २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App