६ वैशाख २०८१ बिहीबार
समाज

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

चितवन - नेपाल कम्पुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको फोटो र व्यक्तिगत विवरण लिई राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु गरिएको छ। सो परिचयपत्रका लागि अध्यक्ष दाहालको फोटो, १० औंलाको छाप, डिजिटल हस्ताक्षरसँगै आवश्यक विवरण संकलन गरिएको हो। अध्यक्ष दाहालले बुधबार नै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको फिल्ड कार्यालय चितवनको उद्घाटनसमेत गरेका छन्।

जिल्ला प्रशासन कार्यालय भवनमा ६ वटा डेक्स राखी फिल्ड कार्यालय सुरु गरिएको छ। धेरै किसिमका समस्या नागरिकले झेल्नु परेकाले परिचयपत्र वितरण गर्ने तयारी पूरा गरेर विवरण संकलन र परिचयपत्र वितरण सुरु गरिएको हो। सुशासन, विकास र सुरक्षाका दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन र रणनीतिक महत्व रहेको अध्यक्ष दाहालले बताए। यसको ऐन भने प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा पारित हुने क्रममा रहेको उनले जानकारी दिए।

पञ्जीकरण विभागले गत मंसिरदेखि परिचयपत्र वितरणको काम सुरु गरेको हो। पहिलो चरणमा पाँचथर र सिंहदरबारमा कार्यरत कर्मचारीलाई परिचयपत्र प्रदान गरिएको थियो। दोस्रो चरणमा विवरण संकलन गर्न र परिचयपत्र वितरणका लागि विभागले छनोट गरेका १५ जिल्लामध्ये चितवन पनि रहेको छ।

गत आवमै काम सुरु गर्ने भने पनि असार महिनामा मात्र आवश्यक उपकरण प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। उपकरण आएपछि त्यसको स्थापना र कार्यालय व्यवस्थापन गरेर परीक्षणका रूपमा केही विवरणसमेत संकलन गरिएको उनले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App