८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी प्रमुखलाई जुम्लाबासीका गुनासैगुनासा

शान्ति सुरक्षा बिषयमा अन्तरक्रिया कार्यक्रमः धनबहादुर/नागरिक

जुम्ला– कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पुर्णचन्द्र जोशीलाई जुम्लाबासीले गुनासा पोखेका छन्। उनीहरुले आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रका हिसावमा देखिएका बिसंगतीका बिषयमा गुनासा राखेका हुन्। 

जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा सम्पन्न भएको शान्ति सुरक्षा सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा उनीहरुले जनताको जीउ धनको सुरक्षा गर्नु प्रहरीको जिम्मेवारी भएकोमा जोड दिए। उद्योग बाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले यहाँ ठुलठुला उद्योग कलकारखाना नभएकोले शान्ति सुरक्षाको अवस्थामा खासै ख्याल नुपगेको बताए। सदरमुकामको बजार अन्धकारमय छ। ठुलठुला उद्योग पनि छैनन्।

उनले भनिन् ‘तर सुरक्षाको अनभुति सर्वसाधारण नागरिकले गर्न पाएका छैनन्। बैशाख, जेठ महिना तिर जडिवुटी कोर्न यहाँको ठुलो जत्था पाटन तिर जाने गर्छन्। त्यहाँ सुरक्षाको अभावले ठुला घटना घट्ने गर्छन्। त्यो समयमा प्रहरीले सजकता अपनाउनु पर्ने देखिन्छ। यसको लागि प्रहरी प्रमुख ज्युको ध्यानाकर्षण होस। 

गाउँका प्रहरी चौकीमा जनशक्ति छैन्। दुई तीन जनाले चौकी धानेका छन्। प्रहरी चौकी आफै असुरक्षित भएको जनताले महसुस गरिरहेका छन्। भौतिक पुर्वाधारको अभाव छ। भाडाका घरमा प्रहरी बस्छन्। चुहिने छानो भएका, सुरक्षा हिसावले निकै प्रतिकुल ठाउँमा प्रहरी बसेका छन्, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका कार्यवहाक अध्यक्ष नेत्रबहादुर शाहीले भने ‘प्रहरी आफ्नै समस्यामा रुमल्लीने भएकोले जनताको सुरक्षा निकै प्रभावित भएको देखिएको छ।’

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र चन्दननाथ मन्दिरको चोरीको घटनामा प्रहरी अनुसन्धानले अहिले सम्म नतिजा दिन नसकेको प्रति आक्रोश पोखे। उनले भने,‘जुम्लाको सुरक्षाका लागि मदिरा मुख्य वाधक बनेको छ। मदिरा प्रयोग गर्ने मान्छेमा सिमा निर्धारण गर्नु पर्ने देखिएको छ। ’

नागरिक समाजका प्रमुख राजबहादुर महत जुम्ला डोल्पा र मुगु जिल्लाका सिमाना संग जोडिएका नाकामा प्रहरी बिट अनिवार्य भएको बताउँछन्। अहिले चौकी टाढा  हुदा सुरक्षा दिन निकै असहज भईरहेको छ। अव प्रत्येक चार पाँच घण्टाको दुरीमा चौकी चाहिन्छ । अहिले पर्यटक पनि सुरक्षित छैनन्,उनले भने,‘जनताले प्रहरीबाट चाहेको जस्तो सुरक्षा पाउन सकेका छैनन्। ’ चन्दननाथ मुर्तिको केसमा चोर प्रमाणित भएर जेल जीवन बिताएर आइसके। तर मुर्ति ल्याउन अझ सकेको छैन्। नागरिक प्रहरीको सुरक्षा प्रति कसरी विश्वास मान्ने ?

कार्यक्रममा मदिरा सेवनाका कारण घरेलु हिंसा बढेको, लागुऔषधका क्रियाकलाप बढ्दै गईरहेको, दुर्गम क्षेत्रमा चोरीका घटना बढेको,सडकमा चालकले मोवाईल चलाएर सवारी चलाउने गरेको, चालकले संगै केटी राखेर यात्रा गर्ने गरेको र कर्णाली राजमार्गमा चेकजाँच गर्ने प्रहरी प्वाईन्ट बढि भएकोले यात्रुलाई निकै ढिला हुने गरेको गुनासो राखेका थिए। 

कर्णाली प्रदेशका प्रहरी प्रमुख जोशीले शान्त, सुरक्षित, समृद्ध र सम्मुनत कर्णाली प्रदेश निर्माणका लागि प्रविधियुक्त सुरक्षा प्रर्णाली लागु गर्दै जाने बताए। अहिले बादल लागे प्रहरीको सेट सम्पर्क गर्न गाह्रो छ।प्रहरीलाई आफ्नै बेजोग छ, अर्काको बारेमा सोच्न सकिरहेको छैन’्, प्रहरी प्रमुख जोशी भन्छन्र्, ‘पहिले प्रहरीको ब्यवस्थापन जरुरी छ र्।’ उनले चन्दा लिने र दिनेको प्रमाण भेटिएमा कार्वाही गर्ने बताए । उनले कर्णालीमा देखिएका बिकृति र बिसंगतीका बारेमा प्रहरीले अध्ययन गरिरहेको बताए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे जूम्लामा पछिल्लो समयमा अपराध दर घट्दो रहेको बताउँछिन्,। जब सम्म प्रहरी समुदाय बीच घनिष्टता हुदैन्,तब सम्म समाज अपराध मुक्त हुन सक्दैन्, उनले भनिन्,‘गतिशिल, निष्पक्ष र पारदर्शीताको लागि उच्च मनोवलको साथ काम गर्नु पर्ने देखिन्छ।’ उनले सडक छेउछाउमा ट्राफिक चिन्ह प्रयोगका लागि पहल गर्ने भन्दै अपराधिक क्रियाकलापको सुचना आदानप्रदान गर्न जरुरी देखिएकोमा बताए।

प्रकाशित: १८ भाद्र २०७६ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App