coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ: ओबामा

एथेन्स –विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।

अमेरिकी राष्ट्रपतिका रुपमा युरोप भ्रमणमा रहेका  ओबामाले बुधबार ग्रीसबाट जर्मनीका लागि छुट्नुपूर्व एथेन्समा गर्रेको सम्बोधनमा विश्वव्यापीकरणको विश्व अभियानमा केही सुधार गरेर अघि बढ्नुपर्ने बताए।

ओबामाले भने  ‘हामीले देख्दा विश्वका धनी वर्ग तथा सम्पन्न निकायहरुले कर छली र कानुनका छद्म बाटाहरुलाई अवलम्बन गर्ने परिपाटी मौलाउदा समाजमा अन्यायको महसुस हुने गरेको छ र यसको अन्त्यका लागि नयाँ अभियानको आवश्यकता भएको छ । आफ्नो युरोप भ्रमणका क्रममा ओबामाले युरोप र अमेरिकी माटोमा सस्तो लोकप्रियताका लागि गरिने आन्दोलनले सफलता पाएजस्तो देखिएको बताए।

बेलायत ईयूबाट बाहिरिने सवाल र अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयलाई सङ्केत गर्दै ओबामाले भने‘ विश्वले फरक बाटो हिँड्न लागेको अवस्थामा सतर्कताका साथ अतिराष्ट्रवाद, जातीय पहिचान वा हामी र तिनीहरु भन्ने विभाजित मानसिकतालाई नियन्त्रण गर्न पहल गर्नुपर्छ । रासस/एएफपी

 

प्रकाशित: २ मंसिर २०७३ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App