coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीले चालक कुटेको विषयमा छानविन सुरु, सिडिओको टोली घटनास्थलमा

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा मंगलबार दिउँसो भएको घटनाको विषयमा छानबिन गर्नका लागि टिमुरे पुगेको प्रमुख जिल्ला अधिकारीको टोलीले छलफल सुरु गरेको छ।

बुधबार बिहान घटनास्थल पुगेको प्रजिअ अर्जुन भण्डारी, प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, टिमुरे प्रहरी चौकीका इन्चार्ज तथा राजनीतिक दलका प्रमुख तथा पीडित पक्षका व्यक्तिहरूसँग छलफल सुरु भएको हो। 

मंगलबार दिउँसो गलत ठाउँमा पार्किङ गरेको भन्दै प्रहरीले ना ६ ख ४९२५ कन्टेनरका धनी आसिस तामाङलाई कुटपिट गरेको थियो। केरुङबाट काठमाडौं जाने क्रममा रोकिराखेको कन्टेनरमा तामाङ आराम गरिरहेका थिए। 

प्रहरीले गाडी हटाउनका लागि आग्रह गर्दै अपशब्द बोलेपछि तामाङसँग केहीबेर भनाभन भएको थियो। सामान्य भनाभनको क्रममा दुई जना प्रहरीले उनलाई कुटपिट गरेका थिए। बीच सडकमा राखेर प्रहरीले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल विज्ञप्ती जारी गरेको थियो। 

असईमाथि हातपात भएको भन्ने विषय निराधार भएको प्रत्यक्षदर्शीले बताएका छन्। सामान्य भनाभन भएको भन्दै चालक सोम तामाङले एक्कासी प्रहरीले आक्रमण गरेको बताए। 

चालकमाथि कुटपिट गर्ने प्रहरी चौकी टिमुरेका प्रमुखको राजीनामाका साथै कुटपिटमा संलग्न प्रहरीको निलम्बनको माग गर्दै पीडित पक्षले राति १२ बजेसम्म प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले टिमुरेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका प्रहरीले जनाएको छ। 

प्रकाशित: १८ भाद्र २०७६ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App