७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सुकेपोखरीको सौन्दर्य, विकास र प्रचारको अभाव (फोटो फिचर)

पाँचथर– सरकारले पर्यटन बर्ष २०२० को प्रचारका केही कार्यक्रम अघि सारिरहँदा सुकेपोखरी एक महत्वपूर्ण गन्तव्य हुने पर्यटनकर्मीहरु चर्चा गरिरहेका छन्। लेकाली भुवनोट तथा भौगोलिक विशिष्टताका कारण सुकेपोखरी आकर्षक छ। पाँचथरको एक आकर्षक गन्तव्यको रुपमा सुकेपोखरी रहेको छ। राजनीतिक इतिहास, प्राकृतिक सौन्दर्यता र फराकिला डाँडाहरुका कारण यो क्षेत्र महत्व औल्याइन्छ।

तर यो क्षेत्रको  विकास र प्रचारमा जोड दिएको देखिँदैन। सुकेपोखरी, लोकहिल, नागढुंगा, महादेव गुफा, कुहिभीर जस्ता घुम्नका लागि उपयुक्त ठाँउहरु आसपासमा छन्। सुकेपोखरी क्षेत्रमा मौसमअनुसार दृश्य फरक हुन्छ। अब हिमाल खुल्न थालेको छ। हिमाल आँखा अघि देखिन्छ। गर्मीको बेला शितल यो ठाँउ थुम्कीला डाँडाहरुसँग खुलेको छ। गुराँसको सिजनामा विभिन्न प्रजातीका गुराँस फुल्छन्। सिजनमा टम्म हिँउ पर्छ। लेकाली जनजीवन आकर्षक छ। जंगल सफारीका लागि उपयुक्त थालो हो।

‘राजनीतिक रुपमा एतिहासिक रहेको यो ठाँउ प्राकृतिक रुपमा पनि सुन्दर छ। हामीले सकेसम्म विकासको प्रयास गरेका छौँ। यहाँको विविधतालाई पर्यटनको रुपमा विकास गर्नु पर्छ’, सुकेपोखरीमा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले भने, ‘बजेटको सिमितताले प्रदेश र संघमार्फत पनि काम अगाडि बढाउन आवश्यक छ। यो ठाउँको आकर्षण दुनियालाई देखाउन आवश्यक छ।’

छर्लङ उघ्रिएको आकाश, हरिया लोभलाग्दा डाँडाहरुसँग लुकामारी खेल्दै उठेको भुइकुहिरोले बनाएको आकर्षक दृश्य देखिन्छ। जुन आर्कषक र कल्पनाशिलतामा भुलाउन सक्ने क्षमता राख्छन्।  हरिया डाँडाहरु, मिलेका साना–साना रुखहरु, केहि घर, पहाडका थुम्कीला डाँडहरु मन तान्ने किसिमका छन्। मेची राजमार्गको पौवाभञ्याङ छाडेपछि कच्चि बाटो हुँदै यहाँ पुगिन्छ।  पदयात्रा गर्न उक्तम हुन्छ। एक घण्टाको बाटो। फराकिला चउरा, साना बोटहरु बढो रमाइलो दृश्य छ। पदमार्गको विकास गरिएको छ।

सुकेपोखरीमा लेकाली आलु, लोकल कुखुरा, तोङ्बा, लोठसल्लाको चिया जस्ता स्थानीय उत्पादन चाख्न पाइन्छ। लेकाली फूलको माला गलामा सजाएर स्थानियको आत्मिय स्वागतको प्रिय अनुभूती ग्रहण गर्दै तस्विर खिचाउनेको लहर देखिन्छ। डेटिङ स्पोटको रुपमा विकास गर्न सकिने चर्चा हुन्छ।

यो ठाँउलाई उत्कृष्ट गन्तव्य बनाउने प्रसस्त ठाँउ रहेको पर्यटनकर्मी चन्द्र योङ्या बताउँछन्। यहाँ सानो पोखरी छ। पहाडको छाया त्यहाँ टल्किन्छ। सहरको भागदौड, व्यस्त दैनिकिलाई पन्छाएर लेकाली डाँडाहरुमा रमाउनुको मज्जा छुट्टै हुन्छ। 

कलकल लेकाली पानी वगेका खोल्सीहरु, लेकाली फराकीलो बाटो, ढुगांहरुको आकृति विरुवा, वन्य जन्तु साच्चै आकर्षक र प्रिय देखिन्छन्। प्रेमी प्रेमिका मायालु यात्राको परिकल्पनाको आहा! यहि ठाँउमा खोजियो। बाक्ला गुराँसे वनक्षेत्रमा सिजनमा साह्रै आकर्षक देखिने स्थानीयको भनाइ थियो। मेची राजमार्ग नबन्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुकमा मानिसहरुको मधेश झर्ने, इलाम जाने बाटो यही थियो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App