coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्मिथले कोहलीलाई पछि पारे

लन्डन – भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै अस्ट्रेलियन पूर्वकप्तान स्टिभ स्मिथ आइसिसी टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्। वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारतीय कप्तान विराट कोहली गोल्डेन डग आउट हुँदै पवेलियनको बाटो फर्किंदा अस्ट्रेलियन खेलाडी स्मिथ शीर्ष स्थानमा पुगेका हुन्। यद्यपि दोस्रो टेस्टमा भारतले वेस्ट इन्डिजमाथि २ सय ५७ रनको जित निकाल्न सफल भएको थियो।

घाँटीको चोटका कारण तेस्रो एसेस टेस्ट गुमाएका स्मिथ चौथो एसेस टेस्टमा भने फर्किएका थिए। बुधबार भएको खेलमा उनी खेलमा फर्किएका हुन्। जारी एसेस टेस्टमा तीन इनिङ्स खेलेका स्मिथले ३ सय ७८ रन पूरा गरेका छन्।

इङ्लिस टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चरको बलिङमा चोट लागेका ३० वर्षीय स्मिथ  दोस्रो टेस्ट खेलमा रिटायर्ड हर्ट हुँदै पवेलियन फर्किएका थिए। यसअघि स्मिथ २०१५ को डिसेम्बर र २०१८ को अगस्टमा शीर्ष स्थानमा उक्लिएका थिए। त्यसपछि दक्षिण अफ्रिकासँगको टेस्टमा बल टेम्परिङ घटनामा मुछिएपछि उनी एक वर्ष क्रिकेट अस्ट्रेलियाबाट प्रतिबन्धमा परेका थिए। उनीसँगै उपकप्तान डेभिड वार्नर र ओपनिङ ब्याट्सम्यान क्यामरुन बेनक्रफ्ट पनि प्रतिबन्धमा परेका थिए।

एसेस टेस्टमा फर्किएका स्टिभले कठिन इङ्ल्यान्डका बलरको सामना गर्दै आफूलाई प्रमाणित गर्न सफल भएका हुन्। ६६ टेस्ट खेल खेलका स्मिथको ६३.२४ औसत रन रहेको छ। कोहली एक अंक पछि पर्दै दोस्रो स्थानमा अटाएका हुन्। विराटको टोलीले  भारतले वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्टमा पनि जित निकालेको थियो। स्मिथले शीर्ष स्थानमा वरीयता कायम गर्दा प्याट कमिन्स बलरको रूपमा फेब्रुअरीको पहिलो नम्बरमा छन्।  
 

प्रकाशित: १८ भाद्र २०७६ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App