५ वैशाख २०८१ बुधबार
खेल

सिसिआरसी सेमिफाइनलमा

काठमाडौं – सिसिआरसी मंगलबार नवौं बर्नहार्ट कप अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बल्खुस्थित बर्नहार्ट कलेजको कोर्टमा भएको खेलमा सिसिआरसीले समृद्धिलाई ६०–५५ को स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। खेलमा सिसिआरसीका सफल मगरले सर्वाधिक १४ स्कोर गरेका थिए।

ब्वाइजमै गोल्डेनगेट, ट्रिनिटी र न्यु जेनिथ पनि आआफ्नो खेल जित्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। मंगलबार बनहार्टकै कोर्टमा भएको खेलमा गोल्डेनगेटले एलआरआईलाई ५४–४१ को स्कोरले पराजित गर्दा कौशल शर्माले सर्वाधिक २० स्कोर गरे।

यस्तै ट्रिनिटीले ज्ञान निकेतनको यात्रा ६९–६१ ले पूर्णविराम लगाउँदा ट्रिनिटीका किरण कँडेलले सर्वाधिक १८ स्कोर गरे। अर्को खेलमा मोर्गनले न्यु जेनिथमाथि ७०–६३ को जित निकाल्दा न्यु जेनिथका विशाल राईले सबैभन्दा बढी २९ अंक जोडे।

प्रकाशित: १८ भाद्र २०७६ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App