coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुबुदु फेरि नेपाल आउने

काठमाडौं – डिभिजन ५ देखि २०१४ ट्वान्टी–२० विश्वकपसम्म नेपाली क्रिकेटलाई साथ दिएका पूर्वप्रशिक्षक पुबुदु दसानायके नेपाल आउने भएका छन्। सन् २०१६ मा नेपाली क्रिकेटबाट बिदाइ भएका पुबुदु फागुन १७ देखि चैत १ गतेसम्म काठमाडौंमा आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) को टोली भैरहवा ग्लाडियटर्सलाई सम्हाल्न नेपाल आउने भएका हुन्।

मंलबार भैरहवा ग्लाडियटर्सले उनी प्रमुख प्रशिक्षक भएको विज्ञप्ति जारी गरेको हो। नेपाली टोलीमा पुनः जोडिन पाएको खुसी लागेको प्रशिक्षक दसानायकेले मंगलबार सार्वजनिक विज्ञप्तिमा जनाएका छन्।

‘म निकै खुसी छु। नेपाल मेरा लागि निकै नजिकको देश हो। पुनः एक पटक नेपाली क्रिकेटमा योगदान दिने अवसर दिनुभएकोमा आयोजकप्रति आभारी छु,’ पूर्वप्रशिक्षक दसानायकेले भनेका छन्।

प्रशिक्षक दसानायके चार वर्षे प्रशिक्षण कार्यकाल पूरा गरेर स्वदेश फर्किएका थिए। त्यसपछि संयुक्त राज्य अमेरिकाको टोली सम्हालेका पुबुदुले एकदिवसीय मान्यता दिलाएका थिए। गत जुलाईमा अमेरिकन क्रिकेट बोर्डसँगको चिसो सम्बन्धका कारण पुबुदुले टोलीबाट राजीनामा दिएका थिए।

प्रकाशित: १८ भाद्र २०७६ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App