७ वैशाख २०८१ शुक्रबार
प्रवास

भिजन मात्र होइन स्किल सहित काम गर्न महासचिवमा उम्मेदवारी : शर्मा

काठमाडौं-  गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन्। बेलायतको प्रतिष्ठित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक शर्माले आफ्नो ज्ञान र अनुभवलाई गैरआवासीय नेपाली अभियानमा लगाउने बताए। 'यो अभियानमा अनुभवी व्यक्तिको आवश्यकता महसुर गर्दै अग्रज र साथीहरुको आग्रहमा उम्मेदवार बन्न लागेको छु', उनले भने।

गैरआवासीय नेपाली संघ र आम गैरआवासीय नेपालीहरु बिचको कनेक्टिभिटी कम हुँदै जानु चुनौति भएको बताउँदै आफु यसलाई कम गराउन लाग्ने समेत बताए। नागरिकता, सम्पत्तीको अधिकार लगायतका चासोका बिषयहरुमा सही सन्देश पुग्न नसकेकोले यसमा काम गर्नु पर्ने उनको भनाई छ। भिजन मात्र होइन स्किल सहित काम गर्नको लागि आफु महासचिवको उम्मेदवार बन्न लागेको शर्माले बताए।

एनआरएनए अभियानलाई अन्तरदेशीय ज्ञान सीप विस्तारको लागि प्लेटफार्म बनाउनुपर्नेमा समेत शर्माले जोड दिए। विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याउन सहयोग पुर्याउने गरी काम गर्ने आफ्नो इच्छा भएको उनको भनाई छ।

संघको स्थायित्व र संस्थागत बिकासका लागि आफुले काम गर्ने उनले बताए। संघलाई साधन र श्रोत भएका मात्र होईन सबै खालका गैरआवासीय नेपालीहरुको साझा थलो बनाउनु पर्ने उनको भनाई छ।

एनआरएनको सदस्य भएर के पो हुन्छ र भन्ने भावना बढ्दै गएको अवस्थामा यसको महत्व बुझाउनु पर्ने र विश्वभर रहेका गैरआवासीय नेपालीलाई एक सुत्रमा जोड्नु पर्ने चुनौती रहेको शर्माले बताए।

गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अक्टोवर १५-१७ मा काठमाडौंमा निर्वाचन हुँदैछ। १० जनाभन्दा बढी विद्यार्थीको विद्यावारिधि सुपरभाइज गरिसकेका शर्माको नेतृत्वमा सन् २०१८ काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। संघको २००७ मा परिमार्जित विधानको खाका र नियमावलीका मस्यौदाकार समेत रहेका उनी विधान समिति (विधान ब्याख्या समिति) को सदस्य समेत हुन्। उनले उक्त पदबाट राजीनामा दिएर महासचिवमा उम्मेदवारी घोषणा गरेका हन्। शर्माले एनआरएनएको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App