वीरगञ्ज– पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका १३ राधेमाई चोकबाट प्रहरी टोलीले गोली प्रहार गरी फुल हसन अन्सारी समूहका सदस्य सन्तोष दास तत्मा उर्फ सत्यराज योगीलाई नियन्त्रणमा लिएको हो।
चोकमा चेकप्वाइन्ट खडा गरी चेकजाँचमा खटिएको प्रहरी टोलीमाथि राती १० बजे पैदल आएका योगीले प्रहरीलाई हतियारले ताकेर भाग्न खोजेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो।
जवाफी कारवाहीमा प्रहरीले चलाएको गोली योगीको दाहिने घुँडामा लागेको थियो। गोली लागेर घाइते उनलाई तत्कालै नारायणी अस्पताल लगिएको थियो।
प्रहरीले उनको साथबाट म्याग्जिनसहित टाइप ५४ मोडेलको एक थान पेस्तोल, १७ राउण्ड गोली र खैरो रंगको १७० ग्राम लागुपदार्थ बरामद गरेको छ।
प्रहरीका अनुसार योगी यसअघि पनि २०६४ सालमा हातहतियार मुद्दामा पुर्पक्षको लागि जेल चलान भएको र ०६६ कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ५ महिना १० दिन कैदन सजाय भुक्तान गरेका व्यक्ति हुन्। उनले त्यतिबेला पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेकाे गोली प्रहार गरी हत्या गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले पछिल्लो समय कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरी छुटेका फुल हसन अन्सारीको समूहमाथि निगरानी बढाएको छ। यो समूहले वीरगञ्जका सर्वसाधारण जनता, उद्योगी व्यापारी तथा कारागार कार्यालयका रहेका चौकीदारलाई समेत फोनबाट धम्की दिएर रकम माग्ने गरेको र आफ्ना केही सदस्यलाई फेरि हातहतियारसहित पठाएर वीरगञ्जमा अशान्ति मच्चाउन खोजेकाले निगरानी बढाइएको प्रहरीको भनाई छ। यसैक्रममा योगी पक्राउ परेका हुन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत