coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटना एकको मृत्यु

रामेछाप – मन्थली नगरपालिका–२ लिपेखोलानजिकै मंगलबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्।

सदरमुकाम मन्थलीबाट सिमेन्ट बोकेर फुलासीतर्फ जाँदै गरेको ना६त ६३०१ नम्बरको ट्याक्टरदुर्घटना हुँदा मन्थली नगरपालिका–३ का ट्याक्टर धनी धुर्व रोकाको मृत्यु भएको हो।

तत्काल उद्धार गरी तामाकोसी अस्पताल पु-याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो। रोका आफैंले ट्याक्टर चलाएको बताइएको छ। दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन्।

घाइते हुनेमा मन्थली नगरपालिका–७ का २१ वर्षीय रोशन परियार र दोरम्बा गाउँपालिकाका १६ वर्षीय दिनेश नेपाली रहेका छन्। रोशनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने दिनेशको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १८ भाद्र २०७६ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App