coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं – निजी क्षेत्रको यातायात सेवा प्रदायक कम्पनी सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो। काठमाडौंको चावहिलस्थित उक्त चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मंगलबार उद्घाटन गरे।

कम्पनीले भदौ २३ गतेदेखि राजधानीमा चारवटा विद्युतीय बस चलाउने तयारी गरेको छ। कम्पनी अध्यक्ष भेषबहादुर थापाले उक्त चार्जिङ स्टेसनमा एकपटक ६ वटासम्म सवारी साधन चार्ज गर्न सकिन्छ। बिजुलीले सवारी साधनको इन्धन खर्च चार गुणासम्म घटाउने उनले बताए। थापाका अनुसार अहिले राजधानीमा चल्ने सार्वजनिक बसले दिनमा चार हजार रुपैयाँ जतिको डिजेल खान्छ। विद्युतीय सवारी साधनले सात सय रुपैयाँ बराबरको बिजुली मात्र खपत गर्छ।

प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय सवारी साधन चार्ज गर्ने व्यवस्था मिलाइएको थापाले जानकारी दिए। लामो समयको प्रयासपछि आफूहरुले वातावरणमैत्री बस सञ्चालनमा ल्याउन लागेको थापाले जानकारी गराए। कम्पनीले एक करोड ६२ लाख रुपैयाँ पर्ने विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको छ।

६ वर्षभित्र कम्पनी नाफामा जान सक्ने उनको भनाइ छ। कम्पनीले सुकेधारा र सीतापाइलामा पनि चार्जिङ स्टेसन निर्माण गरिसकेको जनाएको छ। निकट भविष्यमै प्रदेश ५ को बुटवल र प्रदेश १ को विराटनगरमा विद्युतीय बस सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ।

उक्त चार्जिङ स्टेसनमा चार घन्टामा सवारी साधन चार्ज हुन्छ। ‘हामीले सुपर चार्जिङ मेसिन राखेकोले सबै प्रकारका विद्युतीय सवारी साधनका लागि उपयुक्त हुन्छ,’ गिरीले भने।(रासस)

प्रकाशित: १८ भाद्र २०७६ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App