coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय अनुसन्धानले अख्तियारलाई पनि सूचना दिने

काठमाडौं - राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना संकलनमा सहयोग गर्ने गरी सबै सरकारी कार्यालयमा आफ्ना सुराकी परिचालन गरेको छ। प्रधानमन्त्री कार्यालय मातहतमा गएपछि राअविले ७७ वटै जिल्लाका सरकारी कार्यालयमा हुने अनियमिता सम्बन्धी सूचना संकलन गर्न सुराकी परिचालन गरेको हो। ‘सबै सरकारी कार्यालयमा अहिले हाम्रा कर्मचारी सूचकका रूपमा गोप्य तबरले खटिएका छन्, उनीहरूले ल्याएको सूचना विश्लेषण गरेर हामीले सम्बन्धित निकायलाई बुझाउने गरेका छौं,’ राअवि स्रोतले भन्यो, ‘पहिला जिल्ला प्रशासन कार्यालयमार्पmत थोरै कर्मचारी खटिएका हुन्थे। अहिले कर्मचारीको संख्या पनि बढाइएको छ कामको दायरापनि बढाइएको छ।’

विभागले तीन महिनायता सरकारी कार्यालयमा के कस्तो अनियमितमा हुने गरको छ त्यससम्बन्धी सूचनाको तीनवटा प्रतिवेदन आयोगलाई बुझाएको छ। राअविले प्रयोग गर्न पाउने भ्रष्टचार निवारण ऐन (२०५९) सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ र सूचना संकलन तथा विश्लेषणका लागि नेपाल विशेष सेवा ऐन २०४२ले दिएको अधिकार प्रयोग गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना संकलनमा सहयोग गर्न थालेको हो। ‘प्रधानमन्त्री कार्यालय मातहतमा आएपछि राअविले राष्ट्रिय सुरक्षाका अतिरिक्त भ्रष्टचारलाई नियन्त्रण गर्न लागि पनि आफ्नो कार्यक्षेत्र बढाएको हो,’ स्रोतले भन्यो।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले सरकारी जुनसुकै निकायले पनि सूचना दिन सक्ने र आयोगले पनि सूचना लिन सक्ने भएकाले राअविको पनि भूमिका हुने बताएका छन्। ‘आयोगले सरकारी जुनुसकै कार्यालयको पनि सहयोग लिनसक्छ राअवि पनि सरकारकै एउटा अंग हो,’ प्रवक्ता कोइरालाले भने।

स्रोतका अनुसार राअविले आयोगलाई सहयोग पुग्नेगरी तीनपटक सूचना पुस्तिका पेस गरेको छ। आयोगलाई बुझाएको पुस्तिकाको एकप्रति प्रधानमन्त्री कार्यालयमा समेत बुझाएको छ। ‘कर्मचारी प्रशासनमा अनियमिता रोक्ने विषयमा हामी विभिन्न माध्यमबाट सेवाग्रही र कर्मचारीको सम्पर्कमा हुन्छौं। त्यहाँ हुने गरेका अनियमित कार्यलाई हामीले समयमै सम्बन्धित निकायमा खबर गछौं,’ राअवि स्रोतले भन्यो ‘ केही महिनायता हाम्रो सक्रियताले धेरै काम भएका छन्। भ्रष्ट कर्मचारी पक्राउ परेका छन्। ’
राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भएबमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था भए पनि विगत केही समयदेखि यसले भ्रष्टचार निवारणका लागि विभिन्न निकायलाई सहयोग गरिरहेको छ। ‘

नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवद्र्धन एवं सम्वद्र्धनका लागि सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारीभित्र राअवि प्रधानमन्त्री कार्यालय मातहतमा आएपछि कार्यक्षेत्रलाई भ्रष्टचार नियन्त्रणका लागि गठित विभिन्न संवैधानिक आयोग र त्यसअन्र्तगतका निकायलाई सहयोग गर्दै आइरहेका छौं,’ राअविका एक उच्च अधिकारीले भने।

राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायबीचको सद्भावमा खलल पु¥याउने पक्षसँग सम्बन्धित सूचना संकलन पनि विभागको महŒवपूर्ण कार्यभार हो। राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित प्रर्वद्धन गर्न सहयोग पुग्ने कुनै पनि सूचना उपलव्ध गराई राष्ट्रिय सुरक्षा व्यवस्था बलियो बनाउने कार्यमा योगदान पु¥याउनका लागि राष्ट्रिय अनुसन्धान विभाग गठन गरिएको हो। केही समयअघिदेखि विभागले संकलन गरेका सूचनालाई अन्य सुरक्षा निकायले पनि भरपर्दो भएको बताउन थालेका छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App