७ वैशाख २०८१ शुक्रबार
समाज

पर्वतमा उच्च सतर्कता

पर्वत - कास्की पोखरामा डेंगी संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि छिमेकी जिल्ला पर्वतमा पनि उच्च सतर्कता अपनाइएको छ। पर्वतमा डेंगीको लक्षण देखिएमा यो रोग सार्ने लामखट्टे नियन्त्रणमा लिने र तत्काल बिरामीको उपचार गर्ने कार्ययोजना बनाइएको छ। प्रवद्र्धनात्मक र उपचारात्मक कार्य गरी डेंगी फैलिन नदिने कार्ययोजना बनाइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।

पर्वतमा पनि डेंगी संक्रमण हुनसक्ने भन्दै प्रशासन र जिल्ला अस्पतालले मिलेर नियन्त्रण कार्ययोजना बनाएका हुन्। कार्ययोजनाअन्तर्गत डेंगीसम्बन्धी प्रचारप्रसार, अन्तवार्ता र उपचारात्मक पद्धति, दैनिक रेकर्ड तथा प्रतिवेदन, अनुगमन टिम परिचालनलगायत काम गरिने प्रजिअ नेपालले जानकारी दिइन्। पर्वत जिल्ला अस्पतालका डा. शिशिर देवकोटाले अहिलेसम्म जिल्लामा डेंगी संक्रमित बिरामी नभेटिए पनि उपचारका लागि पोखरा गएकामध्ये पर्वतका दुईजनामा यो रोगको लक्षण देखिएको बताए। ‘पर्वतमा अहिलेसम्म डेंगु भेटिएको छैन तर उपचारका लागि पोखरा गएका यहाँका दुईजनामा डेंगी संक्रमण देखिएको सूचना प्राप्त भयो,’ उनले भने।

प्रकाशित: १८ भाद्र २०७६ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App