१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जसलाई भाइटीका लगाइन् उसैले फिरौती माग्यो

काठमाडौं  – काठमाडौंको स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धक्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ। २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो।

रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौ १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए। मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए। विश्व निकेतन स्कुलका प्रधानाध्यापकसमेत रहेका हेरम्बराजले बहिनीलाई त्यस्तो धम्की आएको थाहा पाएपछि कालिमाटी प्रहरी वृत्तमा उजुरी गरेका थिए।

धम्की दिने उनीहरूकै आफन्त हुन्। धादिङको बेनीघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोषले रेन्जुको परिवारबारे सबै जानकारी राखेका थिए। पुरानो घर एकै ठाउँ भएकाले रेन्जुले सन्तोषलाई भाइटीकासमेत लगाउने गरेकी थिइन्। केही समय भारत बसेर आएका सन्तोष भारतमै पनि अपराधमा संलग्न भएका कारण पक्राउ परेको थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार कँडेलले भदौ १३ गते महिलालाई चिठ्ठी पठाएर २० लाख रुपैयाँ माग गरेको र यदि पैसा नदिए छोरीलाई अपहरण तथा हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएकाले उनलाई फिरौती रकम लिँदा लिँदै पक्राउ गरेको बताए। डिएसपी बोगटीका अनुसार उनले भूमिगत विप्लव समूहको धम्की दिँदै पैसा मागेका थिए। रेन्जुका दाजु हेरम्बका अनुसार आज नै पैसा लिएर आउन भनिएकाले प्रहरीले त्यहीअनुसार तयारी गरेकाले पक्राउ गर्न सफल भएको बताए।

प्रकाशित: १८ भाद्र २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App