७ वैशाख २०८१ शुक्रबार
समाज

बाबु छोराको हत्या, श्रीमती चिच्याएपछि मास्क लगाएकाे व्यक्ति भागे

स्याङ्जा– हरिनास गाउँपालिका–३ ललही मिनडाँडामा बाबु छोराको हत्या भएको छ। मंगलबार बिहान एकै परिवारका दुई सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

राति सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट ३० वर्षीय बाबु चित्रबहादुर केसी र ३ वर्षीय छोरा रिजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नविनकृष्ण भण्डरीले नागरिक न्यूजलाई जानकारी दिए। उनीहरुको अपरिचित व्यक्तिको प्रहारबाट घट्नास्थलमै मृत्यु भएको उनले बताए। बाबुको टाउको र छोराको घाँटीमा दारिलो हतियार प्रहार गरिएको छ। 

एउटै कोठामा श्रीमतीसहित रहेका उनीहरुलाई मास्क लगाएका व्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ। फरक खाटमा सुतेकी श्रीमती चिच्याएपछि उनीहरु भागेको बताइएको छ। घट्नास्थलमा कुकुर परिचालन गरे पनि कुनै तथ्य फेला भने परेनन्। ‘घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ,’ जिप्रका स्याङ्जाका प्रमुख तथा एसपी राजकुमार लम्सालले भने, ‘छिट्टै अपराधि पत्ता लगाउनेछौं।’

शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। घट्ना रहस्यमय बन्दै गएको भन्दै स्थानीय त्रसित बनेका छन्।

प्रकाशित: १७ भाद्र २०७६ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App