coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोस्रो पटक भिडियो कन्फ्रेन्सः ओलीले भने ‘मेरो स्वास्थ्य राम्रो छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्। मृर्गौलाको उपचार गर्न सिंगापुर रहेका प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग मन्त्रालयका काम कार्वाहीबारे आवश्यक छलफल गरेका हुन्। 

प्रधानमन्त्रीले छलफलको क्रममा मन्त्रालयको काम कार्वाहीमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन पनि दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले सबै मन्त्रालयको काम कार्वाहीको बारेमा जानकारी लिएका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य राम्रो रहेको पनि बताए। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र उहाँ आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको पनि सरकारका प्रवक्ता बास्कोटाले पुष्टि गरे।

मृर्गौलाको उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले यस अघि पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीपरिषदका सदस्यहरुसँग छलफल गरेका थिए। यस अघि प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका कार्यबहाक नेता सुभाष नेम्वाङसँग पनि टेलिफोन संवाद गरी आफ्नो स्वास्थ्य राम्रो रहेको सन्देश दिए।

प्रकाशित: १७ भाद्र २०७६ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App