७ वैशाख २०८१ शुक्रबार
समाज

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फर्छ्याेट

विराटनगर- उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार चार सय ८२ थान मुद्दा फछ्र्योट गरेका छ। अदालतले गत आवमा दर्ता भएका तीन हजार ४ सय ६८ र जिम्मेवारी सरेका ९ सय ५६ गरी जम्मा चार हजार ४ सय २४ मुद्दामा ५६ प्रतिशत मुद्दा फर्छ्याेट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए।     

मुद्दा फछ्र्योट हुन बाँकी रहेका मुद्दामा दुई वर्ष नाघेका २१,१८ महिनादेखि दुई वर्षभित्रका ५३, एक वर्षदेखि १८ महिनासम्मका १ सय १०, नौ महिनादेखि एक वर्षभित्रका ३ सय ५५ र नौ महिनाभित्रका एक हजार ४ सय ३ थान रहेका छन्।

अदालतले गत आर्थिक वर्षमा दुई हजार २ सय ८५ मुद्दा दर्ता हुने अनुमान गरेकोमा एक हजार १ सय ८३ मुद्दा बढी दर्ता भएको फछ्र्योटको प्रतिशतमा कमी आएको जनाएको छ।

यसरी दर्ता भएका मुद्दामा सबैभन्दा बढी सम्पत्ति सम्बन्धी लेनलेनदेनका ९ सय २९, लागू औषधका ४ सय १३, मेलमिलापमा ३ सय ९८, महिला पक्षका ३ सय ९२, ज्यानसम्बन्धी ३ सय १०, करणीसम्बन्धी २ सय ६१, लिखतसम्बन्धी कसूरका २ सय २४, चोरी तथा डकैती २ सय २, मोहीसम्बन्धी २ सय ५३ र बहुविवाह सम्बन्धी ७४ थानलगायतका मुद्दा दर्ता भएका थिए।     

अदालतले चालु आर्थिक वर्ष २०७६/७७ मा नयाँ मुद्दा दुई हजार ८ सय ४९ र गत आर्थिक वर्षको जिम्मेवारी सरेको एक हजार ९ सय ४२ गते कूल चार हजार ७ सय ९० मा तीन हजार ३ सय ६६ फछ्र्योट गर्ने लक्ष्य लिएको छ। यसरी फछ्र्योट गरिने मुद्दामा प्रतिइजलास ६ सय ७४ मुद्दा रहने रजिष्ट्रार कट्टेलले जानकारी दिए।

अदालतले आव २०७३/७४ मा तीन हजार ८ सय ३५ मुद्दा दर्ता भएकोमा दुई हजार ३ सय ९१ अर्थात ५६.७३ प्रतिशत फछ्र्योट भएको थियो।     

यस्तै आव २०७४/७५ मा तीन हजार ३ सय ५२ मुद्दा दर्तामध्ये दुई हजार ३ सय ९६ अर्थात ७१.४७ प्रतिशत फछ्र्योट भएको रजिष्ट्रार कट्टेलले बताए। विराटनगरस्थित उच्च अदालतको कार्यक्षत्र मोरङ र सुनसरी रहेको छ।रासस
 

प्रकाशित: १७ भाद्र २०७६ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App