८ वैशाख २०८१ शनिबार
समाज

गौशालाको भण्डारखालमा दुईले गरे आत्महत्या

काठमाडौँ- खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन्।     

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए।     

प्रातःभ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिए।

उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ। बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे। आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए। गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए।     

खोटाङ बस्दै आएकी दमाइँ काठमाडौँ आएको कारण भने खुलेको छैन। उनी काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ।रासस
 

प्रकाशित: १७ भाद्र २०७६ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App