काङ्ग्रेस चितवनले शुरु गर्‍यो समायोजन

मङ्गलबार, १७ भदौ २०७६, १५ : ०९ नागरिक

चितवन- केन्द्रको निर्देशन अनुसार नेपाली काङ्ग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम शुरु गरेको छ। सङ्गठन संरचना अन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम सकिएको छ।     

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार पार्टीको क्षेत्र नं– १ मा राजु सिलवाल, क्षेत्र नं–२ मा भरत लामिछाने र क्षेत्र नं– ३ मा सरिता केसी चयन भएका छन्। यसअघि जिल्लामा पांँच निर्वाचन क्षेत्र रहेको थियो।

त्यतिबेला निर्वाचित क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरु समायोजनका क्रममा आफ्नो क्षेत्र अनुसार स्वतः समितिमा रहने व्यवस्था रहेको छ।     

सभापति श्रेष्ठका अनुसार ६ वटै प्रदेश कार्यसमिति निर्माणका लागि भदौ १८ , १९ र २० गते क्षेत्रीय समितिको भेला डाकिएको छ। त्यसलगत्तै भरतपुर महानगरपालिका, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकाको समायोजनको काम शुरु हुने उनले जानकारी दिए।     

जिल्लाका तीन नगरपालिका माडी, रत्ननगर र खैरहनी बाहेक अन्य सबै तहमा समायोजन गर्नुपर्ने हुन्छ। असोज महीनाभित्रमा दुई वा त्यो भन्दा बढी वडा समायोजन भएका वडाको नेतृत्व चयन गर्ने काम गरिने जनाइएको छ।     

चितवनमा समायोजनको लागि केन्द्रीय प्रतिनिधिका रुपमा डेमोक्रय्याटिक लयर्स एशोसियशन ९डिएलए० का जिल्ला अध्यक्ष विष्णु अर्याललाई तोकिएको छ।

निर्वाचनको समयमा पाँचवटा क्षेत्रलाई तीनवटा क्षेत्रमा समायोजन गरिएसंँगै त्यसअघि बनेको नेपाली काङ्ग्रेसको समितिहरुलाई समायोजन गरिएको हो।रासस

 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad