८ वैशाख २०८१ शनिबार
कला

सिलवालका दुई कृति विमोचित

काठमाडौं–सागर सिलवालद्धारा लिखित गीति संग्रह ‘सागरको लहर’ र मुक्तक संग्रह  ‘सागरको संगम’ काठमाडौंमा एक साथ लोकार्पण भएको छ। कुन्ज थियटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गीतकार दिनेश अधिकारी, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपाध्यक्ष बियोगी बुढाथोकी, पत्रकार कमल ढकाल र कृतिकार सिलवालले संयुक्त रुपमा दुवै पुस्तकको लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले हरेक लेखकको अभिव्यक्ति तरिका फरक हुने बताउँदै सिलवालको मुक्तक र गीति अभिव्यक्ती शैलीको प्रशंसा गरे। ‘सागरजीको सिर्जनात्मक भविश्य सुखद छ,’ उनले भने।

प्रतिष्ठानका अध्यक्ष कोनेले मुक्तक आम पाठकको रोजाईमा नपरिरहेका बेला आएका यस्ता पुस्तकले श्रष्टालाई उर्जा थप्ने बताए। ‘हामीले देशभरमात्र नभई विश्वभर नै मुक्तक पुर्याउन शाखा खोलिरहेका छौं। त्यसैले पनि यस्ता पुस्तक आउँदा खुसी लाग्छ,’ उनले भने।

कृतिको समिक्षा गर्दै बियोगी बुढाथोकीले विदेशी भूमिमा बसेर सिलवालले कृति सरल र सहज भएकाले सबै उमेर समूहलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।

मुक्तककार रुद्र अधिकारीले सिलवालका दुई पुस्तकले नेपाली साहित्यको भण्डार भर्नुका साथै विदेशमा रहेका नेपालीलाई लेख्न प्रेरणा पनि दिने विचार राखे। लेखन कुञ्जका अध्यक्ष एवं पत्रकार ढकालले बेलायतमा राजनीतिमा पनि सक्रिय सिलवालको साहित्यिक भविष्य उज्जवल रहेको बताउँदै थपे, ‘सागर लेखनको सागर बनेर आएकोमा स्वागत छ।’

लेखक सिलवालले समयलाई सदुपयोग गरेर लेख्दै जादा कृति तयार भएको र यसले आफैलाई उर्जा दिएको बताए।

प्रकाशित: १७ भाद्र २०७६ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App