coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनुसन्धानको कामलाई अघि बढाउन परिषदलाई कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिएका छन्। मन्त्री खनालले जलवायु परिवर्तनले बिउविजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गरेका छन्।

उनले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए। मंगलबारबाट काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गर्दै उनले कृषि उत्पादनमा बढावा दिने गरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे। मन्त्री खनालले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान सरकारले जोड दिएको पनि स्पष्ट पारे।

मन्त्री खनालले कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यक्ता पनि औंल्याए। २ दिनसम्म चल्ने सो सम्मेलनमा कृषि बिउविजनको उत्पादन बढाउने गरी विविध विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App