८ वैशाख २०८१ शनिबार
समाज

मिडिया एन्ड आन्ट्रप्रेनरसिप कन्भेन्सन आज

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले बिहीबार राजधानीमा 'मिडिया एन्ड आन्ट्रप्रेनरसिप कन्भेन्सन' आयोजना गर्दै छ। मिडियाले 'ग्रोथवेज' शीर्षकमा यो कन्भेन्सन आयोजना गर्न लागेको हो।

कन्भेन्सनमा भारतबाट आएका चार विशिष्ठ व्यक्तिले आफ्ना धारणा प्रस्तुत गर्नेछन्। भाइजेअम इन्डिया (डेन्टसु एइगस नेटवर्क) का प्रबन्ध निर्देशक श्रीपाल कुलकर्नी, बिजनेस वर्ल्डका अध्यक्ष तथा प्रधानसम्पादक अनुराग बत्रा, आइटिभी मिडिया नेटवर्कका संस्थापक तथा प्रवर्द्धक कार्तिकेय शर्मा र स्तम्भकार तथा उपन्यासकार शोभा डे प्रमुख वक्ता रहेका छन्।

रिपब्लिक मिडियाका अनुसार कुलकर्नीलाई लाइनेज प्रालिका अध्यक्ष संकेत लामिछाने, बत्रालाई प्रिज्म एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य, शर्मालाई स्मार्ट पानीका निर्देशक सुमन शाक्य र डेलाई ज्योति ग्रुपका निर्देशक सुहृद ज्योतिले सहजीकरण गर्नेछन्।

मिडियाका अनुसार जेडटिई स्मार्ट फोनसँगको सहकार्यमा आयोजना हुने कन्भेन्सनका आधिकारिक होटलमा सोल्टी क्राउन प्लाजा रहेको छ। प्रिन्ट मिडिया साझेदारमा नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक तथा अनलाइन मिडिया पार्टनरमा नागरिकन्युज डटकम र माइरिपब्लिका डटकम रहेका छन्।

प्रकाशित: २ मंसिर २०७३ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App