७ वैशाख २०८१ शुक्रबार
समाज

बुवाआमाको गालीका कारण आत्महत्या

पर्सा - पर्सामा बुवाआमाको गालीका कारण छोराले आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका -२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले झुण्डिएर आत्महत्या गरेका हुन्। सोमबार उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।

गोविन्द झुण्डिएको अवस्थामा भेटिएपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि लगेका थिए। प्रहरीका अनुुसार उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।

प्रकाशित: १७ भाद्र २०७६ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App