coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिञ्जामा भालु आतङ्क

जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन्। गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न गरेकाे वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए।

सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ। बारीमा लगाएको मकै खान नपाएपछि भालुले मानिसलाई नै आक्रमण गर्ने गरेकाेले स्थानीयवासीमा त्रास फैलिएको रावतले बताए। भालु आतङ्कका कारण साँझ–बिहान हिँडडुुल गर्नसमेत जोखिम बढेको स्थानीयवासीले बताएका छन्।

बिहान र दिउँसो स्याउला सङ्कलन गर्ने, गाईवस्तु चराउन जाने र दाउरा खोज्न जानुपर्ने भए पनि भालुको आतङ्कले जान नसकिएको स्थानीयवासी बताउँछन्। रावतका अनुसार केही दिनअघि मात्र भालुले सोही वडाका भीमबहादुर रावतको गोरु, छपी रावतको एउटा गाई, वीरुकुम रावतका दुई गोरु र बलबहादुर रावतका दुई भेँडा भालुले मारेको थियाे। बारी निकै घना भएकाले यस क्षेत्रमा भालुले वर्षेनी दुःख दिने गरेको छ।रासस

प्रकाशित: १७ भाद्र २०७६ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App