दाङ – देवः विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी बनाएर १८ करोड रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले केही दिनअघि बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेपछि घटनाको अनुसन्धान गरेको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमका अनुसार प्रारम्भिक अनुसन्धानले बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको तथ्य फेला परेको हो। यसमा ५० जनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको आशंका गरिएको छ।
यो प्रकरणमा प्रहरीले घोराही–१०, नारायणपुरका बसन्तबहादुर बस्नेत, अर्जुन बस्नेत, झगबहादुर बस्नेत, उज्ज्वल आचार्य, मतकुमार पौडेल, बसन्त बुढाथोकी, कोइलावास स्थायी घर भई हाल घोराहीमा बस्दै आएकी बन्धना गुप्ता, विरेन्द्रकुमार गुप्ता, सक्टुराम गुप्ता, घोराहस–१४ का विजयकुमार गुप्ता र घोराही–१०, नारायणपुरका टोपेन्द्रकुमार पोख्रेललाई नियन्त्रणमा लिएको थियो। उनीहरु सबैलाई प्रहरीले थप अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट १० दिनको म्याद थप गरेको छ। अनुसन्धान अहिले पनि जारी छ।
प्रहरीका अनुसार बैंकको १८ करोड रकम हिनामिना गर्ने गिरोहका मुख्य योजनाकार म्यानेजर बुढाथोकी हुन्। बुढाथोकीले नक्कली ऋणी खडा गरेर बैंकको रकम अन्य व्यक्तिको खातामा हालिदिने गरेको देखिएको छ। उनका अनुसार नक्कली ऋणी खडा गर्ने र ऋणका लागि भन्दै अन्यका खातामा रकम पठाउने गरिएको छ।
बैंकबाट हिनामिना भएको रकम धेरैजनाको खातामा जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको छ। बुढाथोकीले बैंकबाट पैसा झिकेर यही प्रकरणमा संलग्न रहेका अन्य व्यक्तिको खातामा जम्मा गरेको अनुसन्धानमा खुलेको छ। ‘यो प्रकरणमा ठूलो गिरोह संलग्न भएको देखिन्छ। मुख्य आरोपित बैंक म्यानेजर हुन्,’ प्रहरी निरिक्षक गौतमले भने, ‘बुढाथोकीले आफ्नै खातामा पनि रकम जम्मा गरेको देखिएको छ।’
रकम हालेको देखिएका सबै खातावालालाई अहिले प्रहरीले नियन्त्रणमा लिइरहेको छ। बुढाथोकीले एक व्यक्तिको खातामा ३० लाखदेखि तीन करोड रुपैयाँसम्म जम्मा गरिदिएका छन्।
‘हिनामिना भएको रकम ३० लाखदेखि तीन करोड रुपैयाँसम्म व्यक्तिको खातामा जम्मा गरिएको छ,’ गौतमले भने, ‘बुढाथोकीले रकम जम्मा गरिदिएका खातावालहरु थुप्रै छन्, अहिले यति नै संख्या भनेर भन्न सकिने अवस्था छैन। खोजी जारी छ।’
यो बैंक गत असारमा दाङमा केन्द्रीय कार्यालय रहेको वेस्टर्न डेभलपमेन्ट बैंकसँग मर्ज भएको थियो। १८ करोड हिनामिना गरेको आरोपमा पक्राउ परेका बुढाथोकी दुई बैंक मर्ज हुनुअघि वेस्टर्न बैंकमा कार्यरत थिए। उनी ०६७ देखि बैंकमा आवद्ध थिए। प्रहरीका अनुसार बुढाथोकीले वेस्टर्न बैंकमा कार्यरत छँदै रकम हिनामिना गरेका हुन्। वेस्टर्न मर्ज भएपछि बुढाथोकी देवः बैंकको नारायणपुर शाखामा पनि म्यानेजर थिए।
बैंक मर्जरपछि हिसाबकिताबमा अनियमितता देखिएपछि देवः बैंकले उनीविरुद्ध प्रहरीमा उजुरी हालेको थियो। एक व्यक्तिले मात्रै यति ठूलो रकम हिनामिना गर्न नसक्ने भन्दै प्रहरीले यो प्रकरणमा अन्य व्यक्तिहरु पनि जोडिएको आशंका गरेको थियो। सोही अनुसार अनुसन्धानका क्रममा ठूलो गिरोह रहेको तथ्य फेला परेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत