७ वैशाख २०८१ शुक्रबार
समाज

स्वयम्भूमा छुरा प्रहार गरी एकको हत्या, कलंकीमा कामदारलाई छतबाट खसालियो

फाइल तस्बिर

काठमाडौ - काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ। काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार अनुसन्धान लागि ३ जना पक्राउ परेका र उनीहरुबारे अनुसन्धान जारी रहेको छ।

डिएसपी सुवेदीका अनुसार बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ। हिजो राति बस्नेत र उनका केही साथीहरुबीच विवाद हुँदा उनको हत्या भएको आशंका गरिएको छ।

त्यस्तै कलंकीको नारायणी रेष्टुरेण्टमा खाजा खान गएका ६ जना व्यक्तिले त्यहाँ काम गर्ने कामदारलाई बाँधेर रेष्टुरेण्टको छतबाट खसालीदिदा उनी गम्भीर घाइते भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App