७ वैशाख २०८१ शुक्रबार
कला

नृत्य प्रतियोगितामा नागार्जुन प्रथम

काठमाडौं – हरितालिका तीजको अवसरमा आयोजना गरिएको दोस्रो उपत्यकाव्यापी ‘गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’मा नागार्जुन एकेडेमी रानीवन प्रथम भएको छ। नागार्जुनले ३० हजार पुरस्करासहित उपाधि हात पारेको हो।

सो प्रतियोगितामा सृजना ज्ञानसागर स्कुल दोस्रो र कौशल इंग्लिस स्कुल तेस्रो भएको थियो। प्रतियोगितामा उपत्यकाका २९ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए। विद्यार्थीले प्रतिस्पर्धा गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पुरस्कार वितरण गरेकी थिइन्। विद्यार्थीको क्षमता प्रस्फुटन गराउनका लागि प्रतियोगिताले सघाउ पुगेको नागार्जुन स्कुलका प्रिन्सिपल भीमलाल श्रेष्ठले बताए।
 

प्रकाशित: १७ भाद्र २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App