८ वैशाख २०८१ शनिबार
समाज

विद्युत् सर्ट भई आगलागी हुँदा एक घर नष्ट, ५० लाखको क्षति

आगोले नष्ट भएको धरान १७, सम्झना चोकस्थित घर। तस्बिरः राेहित राई

धरान– विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

धरान–१७,सम्झना मार्गस्थित सहदेव बराइलीको एकतले काठको घर बुधबार साँझ भएको आगलागीमा जलेर नष्ट भएको हो । आगलागी हुँदा घरमा कोही पनि नभएको प्रहरीले जनाएको छ। बराइलीकी १२ वर्षीया छोरीले राइस कुकरमा खाना बसाएर दाल किन्न गएको बेला विजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रमेश श्रेष्ठले बताए । ‘विजुली सर्ट भएर आगलागी भएको अनुमान गरेका छौं, क्षतिको यथार्थ विवरण नआए पनि ५० लाख बराबार भएको भन्ने छ’–उनले भने।

आगलागी पीडित बराइली धरान १७, रेल्वे चोकमा विगत ५ बर्षदेखि सुनचादी व्यावसाय गरिरहेका छन् । आगलागीले आफ्नै १० तोला सुन र अढाई लाख रुपैँया पनि नष्ट भएको उनले बताए । ‘यही साल नयाँ घर बनाउँला भनेर सुन, पैसा जोहो गरेर राखेको थिएँ, सबै खरानी भयो,’ दुःखी हुँदै उनले भने–‘सबै मेरो मेहनतको कमाई थियो ।’ आगलागी हुदा उनी आफ्नै पसलमा थिए भने श्रीमति सावित्रि पनि बजार गएकी थिइन् । लत्ताकपडा, भाडाकुडा,पलङ, सुन, पैसालगायत कुनै पनि सामान घरबाट निकाल्न नपाई जलेको उनले बताए।

आगोले बराइलीका सधियार(छिमेकी) पदमबहादुर लिम्बुको पक्की घरलाई पनि क्षति पु¥याएको छ । छिमेकी पक्की घरको तीन वटा काठको झ्यालमा आगो सल्किए पछि टिभि, फ्रिज, पलङसमेत जलेर नष्ट भएको छ । लिम्बुका अनुसार ४ लाख बराबर क्षति पुगेको छ ।

धरान उपमहानगरपालिकाको २ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो । करिब सवा ५ बजेतिर शुरु भएको आगो ६ बजेभित्र नियन्त्रणमा आइसकेको थियो । सहदेवकी पत्नी सावित्रिका अनुसार अरु बेला पनि घरको विजुली सर्ट हुने गथ्र्यो । त्यसबेला हतार हतार आफुहरु मेन स्वीच अफ गर्ने गरेको उनले बताइन् । ‘आज त छोरी पनि दाल किन्न पसल गएको रहेछ, घर आउदा त आगो लागिसकेको थियो रे । केही जोगाउनै सकेनौंं’–उनले भनिन् ।

 

प्रकाशित: १ मंसिर २०७३ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App