७ वैशाख २०८१ शुक्रबार
खेल

पुलिसलाई राष्ट्रिय महिला भलिबलको उपाधि

पोखरा - विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरस्थित ईन्द्र राज्यलक्ष्मी माविमा सोमबार सम्पन्न फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिसले दोस्रोपटक यस प्रतियोगिताको उपाधि जितेको हो।

पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१४ र २५–२० ले सहजै पराजित गरेको थियो। लिगमा न्यु डायमण्डमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको पुलिस फाइनलमा भने सुधारिएको प्रदर्शन गर्दै सहजै उपाधि आफ्नो बनाउन सफल भयो।

विजेता पुलिसले नगद १ लाखसहित ट्रफी र न्यु डायमण्डले भने नगद ६५ हजार रुपैयाँ नगद पुरस्कारमै चिक्त बुझायो। पुलिसका प्रशिक्षक रूपेश बिष्टले रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गरेपछि सहज जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए। प्रशिक्षक बिष्टले अनुभवी खेलाडी र पोखरामा हालै सम्पन्न बिच भलिबलको सेट टोली नै खेलाउँदा तालमेल पनि मिलेको बताए।

उपविजेतामा चित्त बुझाएको न्यु डायमण्डका प्रशिक्षक कुमार राईले प्रतिभा माली, सलिना श्रेष्ठ र रस्मिता दुराको अनुस्थिति कारणले खेलमा प्रभाव परेपछि पराजित हुनुपरेको बताए। खेलमा तालमेल नमिल्नु र ब्लकका साथै सर्भिससम्म बिग्रनु हारको कारण भएको उनको भनाई छ। सोमबारै भएको तेस्रो स्थानको खेलमा श्रीगाउँ खेलकुद विकास समिति दाङलाई सोझो सेटमा हराउँदै घरेलु टोली गण्डकी प्रदेशले सफलता हात पा¥यो।

गण्डकीले दाङलाई २५–१३, २५–२० र २५–१८ को सोझो सेटमा पराजित गरेको थियो। तेस्रो भएको गण्डकीले नगद २५ हजार र दाङले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। प्रतियोगितामा पुलिसकी मनीषा चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।

विधागत उत्कृष्टतर्पm स्पाइकरमा पुलिसकी कोपिला उप्रेती, क्वीकरमा गण्डकीकी पवित्रा सेञ्चुरी, सर्भरमा न्यु डायमण्डकी झरना श्रेष्ठ, लिब्रोमा गण्डकीकी रस्मिता दुरा, ब्लकरमा पुलिसकी पुष्पा चौधरी र सेटरमा पुलिसकै सुशिला थापाले सफलता हात पारे। उनीहरूलाई ट्रफीसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: १७ भाद्र २०७६ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App