८ वैशाख २०८१ शनिबार
खेल

आर्सनलका प्रशिक्षकद्वारा खेलाडीको प्रशंसा

लन्डन – उत्कृष्ट पुनरागमनमा टोटेनह्यामलाई बराबरीमा रोकेसँगै आर्सनलका प्रशिक्षक युनेइ इमिरेले आफ्ना टोलीको प्रदर्शनप्रति प्रशंसा गरेका छन्।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबारको उत्तरी लन्डन डर्बीमा आर्सनल र टोटेनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्। आर्सनलको घरेलु मैदान इमिरेटस्मा खेलको ४०औं मिनेटसम्म पाहुना टोली टोटेनह्यामले क्रिस्टियन इरिकसन र ह्यारी केनको गोलबाट २–० को अग्रता लिएको थियो। मध्यान्तरअघि एलेक्जेन्डर लाकाजेट र दोस्रो हाफमा पिएरे इमिरिक ओबामयाङले गोल फर्काएपछि आर्सनलले खेल बराबरीमा टुङ्ग्याएको थियो।

आर्सनलको सोही उत्कृष्ट पुनरामगनप्रति प्रशिक्षक इमिरेले प्रशंसा गरेका हुन्। ‘टोलीले गरेको उत्कृष्ट प्रदर्शन र नतिजाबाट म सन्तुष्ट छु,’इमिरेले भने, ‘हामीले स्वभाविक प्रदर्शन ग¥यौं। पहिलो हाफमा केही गल्ती गरे पनि क्रमिक रूपमा त्यसलाई सुधार्दै लग्यौ। अन्तत हामी २–०  ले पछि परेको स्थितिबाट अंक खोस्न सफल भयौं।’
यस नतिजापछि ४ खेलबाट ७ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ भने टोटेनह्याम समान खेलबाट ५ अंकका साथ नवौं स्थानमा छ। टोटेनह्यामले जारी सिजन ४ खेल समाप्तीमा एक मात्र जित हात पारेको छ। खेलको १०औं मिनेटमा इरिकसनको गोलबाट टोटेनह्यामले अग्रता लिएको थियो।

४०औं मिनेटमा केनले पेनाल्टीको सदुपयोग गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारेका थिए। त्यसको ५ मिनेटपछि नै लाकाजेटले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरेका थिए। ७१औं मिनेटमा औबामयाङले बललाई जाली चुमाउँदै आर्सनललाई हारको संघारबाट जोगाएका थिए।

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले प्रिमियर लिगमा खेलाडी सुरुवा बजार बन्दसँगै स्पेनिस लालिगा, इटालियन सिरी ‘ए’, फ्रेन्च लिग वान र बुन्डस लिगाजस्ता युरोपका अन्य शीर्ष लिगमा खेलाडी सरुवा बजार खुला रहने नियम परिमार्जन गरिनुपर्ने बताएका छन्। अन्य लिगमा सोमबार राती(सेप्टेमबर २)सम्म खुला रहन्छ। टोटेनह्यामका इकिरसन अहिले पनि अन्यत्र जाने खबर सार्वजनिक भैरहेको छ।

पोचेटिनोले सरुवा बजार बन्द भएपछि इरिकसन क्लबमै रहने पक्का हुने र त्यसपछि टोलीको प्रदर्शनमा थप सुधार आउने बताएका छन्। ‘२–० को अग्रता बनाउँदा हामी उत्कृष्ट लयमा थियौं। तर पहिलो हाफको अन्त्यबाट हामीले केही गल्ती ग¥यौं, जुन निकै महंगो साबित बन्यो,’पोचेटिनोले भने, ‘इरिकसनको भविष्य बारेमा जान्न हामीले अझै केही घन्टा कुर्नपर्नेछ। आशा छ, त्यसपछि टोलीले उत्कृष्ट प्रदर्शन गर्नेछ।’

बराबरीसँगै ४ खेलबाट ७ अंकका साथ आर्सनल पाँचौं स्थानमा छ भने टोटेनह्याम समान खेलबाट ५ अंकसहित नवौं स्थानमा छ। टोटेनह्यामले जारी सिजन ४ खेल समाप्तीमा एक मात्र जित हात पारेको छ।

 

प्रकाशित: १७ भाद्र २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App