६ वैशाख २०८१ बिहीबार
राजनीति

मधेसका नेतालार्इ सहमतिमा ल्याउनु पर्छः नेता पौडेल

चितवन–  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताएका छन्।

तराई अभियानको आज पूर्वी चितवनको खैरहनीबाट सुरु गर्दै उनले मधेससँगको सम्बन्ध बढाएर लैजानुपर्ने बताए। मधेसप्रतिको दृष्टिकोण सबैेभन्दा बढी काँग्रेसको सकारात्मक रहेको भन्दै उनले सरकारले मधेससँगको सम्बन्ध अझै बढाउनुपर्ने विचार व्यक्त गरे।

राज्य पुनः संरचनाको विषयमा मधेसमा देखिएको समस्या समाधान गर्नुपर्ने भन्दै उहाँले कतिपय सवालमा आयोग बाधक बनेको बताए। आयोगले जनसङ्ख्याको आधारमा पुनःसंरचनाको मापदण्ड बनाउँदा मधेसमा समस्या देखिएको उनकोे भनाइ थियो ।

अभियानले काँग्रेसको सङ्गठन मजबूत बनाउन सहयोग पुग्ने अनुमान गरिएको छ। भोलि मकवानपुरमा, मङ्सिर ३ गते वारा, ४ गते रौतहटमा, ५ गते सर्लाहीमा, ६ गते महोत्तरी र ७ गते धनुषामा तराई अभियान कार्यक्रम गरिने बताइएको छ। रासस

प्रकाशित: १ मंसिर २०७३ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App