८ वैशाख २०८१ शनिबार
समाज

पाँचखाल खानेपानी आयोजनालाई बजेट जुट्यो

फाइल तस्बिर

बनेपा - सुनकोसी पाँचखाल खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनका लागि लगानी जुटेको छ।  दाताको सहयोग र सरकारी ऋणमा नगरवासीले पनि लगानी गर्नेगरी आयोजनाका लागि रकम जुटेको हो।  दुई अर्ब २२ करोड ५६ लाख रुपैयाको आयोजनाका लागि सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र सुनकोसी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सहलगानी मोडलमा सम्झौता भएको हो।

‘अब पाँचखाल उपत्यकाका करिब ६ हजार घरधुरीलाई विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डअनुसारको पानी २४ सै घण्टा उपलब्ध हुने ग्यारेन्टी भएको छ’, उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले भने।  आयोजना सहलगानीको मोडेलमा तयार हुने उनको भनाइ छ, ‘विस्तृत इन्जिनियरिङ डिजाइन प्रतिवेदन (डिइडिआर) अनुसार आयोजनाको कुल लागत २ अर्ब २२ करोड ५६ लाख रुपैयाँ हुनेछ।  यसबाट पाँचखालका १० वटा वडाका ६ हजारजति घरपरिवारले गुणस्तरीय खानेपानी पाउनेछन् भने उनीहरुको सहभागिता लागतबापतको ११ करोड रुपैयाँभन्दा बढी रकम जुटिसकेको छ’, लामिछानेले भने।

‘अब पाँचखाल उपत्यकाका करिब ६ हजार घरधुरीलाई विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डअनुसारको पानी २४ सै घण्टा उपलब्ध हुने ग्यारेन्टी भएको छ’, उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले भने।

आयोजनामा खानेपानी प्रणालीका लागि दुई अर्ब २१ करोड ७२ लाख र सरसफाइतर्फ ८४ लाख ३४ हजार रुपैंया खर्च हुने अनुमान छ।  एसियाली विकास बैंकबाट सहरी खानेपानी आयोजनामार्फत एक अर्ब ५५ करोड २० लाख रुपैयाँ अनुदान, नगर विकास कोषको ऋण ५५ करोड ४२ लाख रुपैयाँ र उपभोक्ताको योगदान ११ करोड ८ लाख गरी दुई अर्ब २२ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ।  आगामी तीन वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यतालिका बनेको छ।

‘दोलालघाटस्थित सुनकोसी नदीको बिमिरे दोभानबाट पानी लिफ्टिङ गरी पलाञ्चोक भगवतीस्थानसम्म पु¥याउने योजना छ।  त्यहाँ प्रशोधनपछि पाँचखाल उपत्यकाभर खानेपानी वितरण हुनेछ।  उपयोगपछिको पानीले भूमिगत जलभण्डार रिचार्ज गर्ने प्रणाली पनि आयोजनामै समेटिएको छ’, आयोजना निर्देशक विद्यानाथ भट्टराईले भने।  मुख्य पाइपलाइन, सहायक पाइपलाइन र वितरण पाइपलाइन गरी करिब दुई लाख ३१ हजार ीमटर पाइप बिछ्याइने प्रतिवेदनमा उल्लेख छ।

वर्षौंदेखि खानेपानीको चरम समस्याबाट पीडित पाँचखालवासीले उपभोक्ता सहभागिताबापतको प्रतिघरधुरी १८ हजार रुपैयाँ जुटाएका छन्।  रकम बुझाउन नसक्ने घरपरिवारका लागि नगरपालिकाको जमानीमा पाँचखालस्थित विभिन्न सहकारीले न्यून ब्याजदरमा ऋण लगानी गरेका छन्।  ‘हिजो हामीले लागत सहभागिता जुटाउन नसक्ने प्रतिघरपरिवारका लागि सहकारीमा १८ हजार रुपैयाँको दरले जमानी बसेका थियौं।  आज हामीले नगर विकास कोषबाट प्राप्त हुने ५५ करोड ४२ लाख रुपैयाँ ऋण नै लिने सम्झौता गरेका छौं।  स्थानीय सरकारले गर्न सक्ने सहयोग भनेको यस्तै हो’, पाँचखालका नगरप्रमुख महेश खरेलले भने।

सहभागितामूलक आयोजना भएकाले सबै राजनीतिक दल र स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवारलाई समेत समेटेर वडाअध्यक्षको संयोजकत्वमा १० वटै वडामा उपसमिति बनाइएको उनले बताए।  ‘हाललाई पाँचखालका वडा नम्बर २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ लाई आयोजनामा समावेश गरेका छौं।  बाँकी तीन वटा वडालाई समेत अन्य सहयोग र उपायमार्फत गुणस्तरीय पानी खुवाउँछौं’, खरेलले भने।

नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्तले नगरपालिकालाई प्रदान गरिएको ऋणको भुक्तानी अवधि २५ वर्ष (५ वर्षको सुहलियत अवधिसहित) पाँच प्रतिशत ब्याजदर भएकाले नगरवासीलाई धेरै मर्का नपर्ने दाबी गरे।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाले भदौको अन्त्यसम्म आयोजनाको टेन्डर आह्वान गरिने जानकारी दिएको छ।  ‘केही परिमाणमा निजी जग्गा र वनक्षेत्र आयोजनाको रिजभ्र्वायर ट्यांकीलगायत अन्य संरचना निर्माणका लागि आवश्यक पर्छ।  यसमा नगरपालिकाले समन्वय गरिदिए चाँडो निर्माण गर्न सकिन्छ।  एसियाली विकास बैंकको समूह ‘बी’ अन्तर्गतको आयोजना भएकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरेमा मात्रै पुग्ने भएकाले अन्यत्र झैं काममा ढिलो नहोला’, आयोजना निर्देशक भट्टराईले भने।

प्रकाशित: १७ भाद्र २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App