७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानमन्त्री २० गते स्वदेश फर्किने

फाइल तस्बिर

काठमाडाैं - उपचारार्थ सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गदे स्वदेश फर्किने भएका छन्।  प्रधानमन्त्रीले आइतबार बेलुका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई टेलिफोन गरेर यसबारेमा जानकारी गराएका थिए।

‘सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति तथा विवादित विधेयकबारेमा जिज्ञासा तथा मुलुकको समग्र अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीज्यूले टेलिफोन गर्नुभएको थियो,’ नेम्बाङले भने।  ओलीले आफ्नो स्वास्थ्य ठिक हुँदै गएको जानकारी गराउँदै भदौ २० गते स्वदेश फर्किेने जानकारी गराएको नेम्बाङले बताए।  प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीको उपचार प्रक्रिया बुधबार सकिने र त्यसपछि चिकित्सकको परामर्शअनुसार स्वदेश फर्किने बताए।  उनले प्रधानमन्त्री स्वदेश फर्किने मितिबारे आफूलाई जानकारी नभएको बताए।

प्रधानमन्त्री ओलीको हाल प्लाज्माफेरेसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार भइरहेको छ।  प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्मालाई उद्धृत गर्दै प्रेस सल्लाहकार अर्यालले सोमबार छैठौं र बुधबार सातौं चरणको उपचार प्रक्रिया सम्पन्न पुरा हुने भन्दै ट्विटरमार्फत जानकारी गराएका छन्।  हाल प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेको उनको सचिवालयले जनाएको छ।

१२ वर्ष अघी मृगौला प्रत्यारोपण गरेका ओलीको शरीरमा मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा बढेपछि सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ।  उनी गत साउन १८ देखि २७ गतेसम्म सोही हस्पिटलमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए।  त्यसलगत्तै उनी पुनःभदौ ५ गते उपचारका सिलसिलामा सिंगापुर पुगेका हुन्।

प्रकाशित: १७ भाद्र २०७६ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App