ललितानिवास प्रकरण

जग्गा फिर्ता प्रस्ताव मन्त्रिपरिषद्मा अझै गएन

मङ्गलबार, १७ भदौ २०७६, ०६ : ३९ भुवन शर्मा

काठमाडौं - भूमि व्यवस्था मन्त्रालयले व्यक्तिका नाममा गएको ललितानिवास परिसरको सरकारी जग्गा आफ्नो स्वामित्वमा ल्याउने प्रस्ताव अझै मन्त्रिपरिषद् बैठकमा लगेको छैन।  यो जग्गा सरकारी स्वामित्वमा ल्याउन सात महिनाअघि मन्त्रिपरिषद्ले भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको थियो।  तर मन्त्रालयले अहिलेसम्म पनि मन्त्रिपरिषद् बैठकमा जग्गा फिर्ता ल्याउनेसम्बन्धी प्रस्ताव लगेको छैन।

भूमि व्यवस्थाका प्रवक्ता जनक जोशीले ललितानिवासको जग्गा सरकारको स्वामित्वमा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिनसकेको बताए। मन्त्रालय स्रोतका अनुसार उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको टेबुलमा छ।  स्रोतका अनुसार उक्त प्रस्ताव तत्कालिन भूमि व्यवस्था सचिव गोपीनाथ मैनालीले तयार गरेका थिए।  मैनालीले उक्त फाइल दुई पटकसम्म मन्त्रालयमा लगेको स्रोतको भनाइ छ।  गत साता मात्र मैनालीको सरुवा भूमि व्यवस्थाबाट महालेखा नियन्त्रण कार्यालयमा भएको छ।  मैनालीको ठाउँमा महालेखा नियन्त्रण कार्यालयका तत्कालीन सचिव सूर्य गौतमलाई ल्याइएको छ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीको टेबलमा राखिएको उक्त प्रस्तावमा ललितानिवासमा हडपिएको ४ सय ५० कित्ता जग्गा सरकारको नाममा फर्काउने उल्लेख छ।  हडपिएको जग्गामध्ये १६÷१७ कित्ता जग्गाबारे छानबिन भइरहेको स्रोतले बतायो।

मन्त्रिपरिषद्को फागुन २८ को बैठकले यसबारेमा छानबिन गरी शारदाप्रसाद त्रिताल प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्थालाई निर्देशन दिएको थियो।  निर्देशन कार्यान्वयन गर्न भूमि व्यवस्थाले ठोस काम गर्न सकेको छैन।  त्रिताल समितिले गत मंसिर २६ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।  त्यसपछि मन्त्रिपरिषद्ले बालुवाटारको जग्गा फिर्ता ल्याउने निर्णय गरेको थियो।

सरकारी स्वामित्वमा ल्याउन लागिएको ४ सय ५० कित्ता जग्गाबारे छानबिन गरी टुंगो लागेको स्रोतको भनाइ छ।  सरकारले हाल ललितानिवासको जग्गा बेचविखन गर्न नपाउने गरी रोक्का गरेको छ।  रोक्का गरिएको जग्गा विभिन्न बैंकमा धितो राखी २ अर्ब ६४ करोड ७४ लाख ऋण लगिएको स्रोतको भनाइ छ।

तीन कर्मचारी फेरिए
बालुवाटारको जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा जानुअघि भूमि व्यवस्था मन्त्रालयमा आबद्ध तीन उच्च कर्मचारी फेरिएका छन्।  गत साता भूमि व्यवस्था सचिव गौपी मैनालीको सरुवा भएको छ।  ललितानिवास प्रकरणमा मैनाली सुरुदेखि नै जानकार छन्।  यसैगरी भूमि व्यवस्था विभागका महानिर्देशक गोकर्णमुनि दवाडीको सरुवा भएको छ। 

दवाडीको सरुवा प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमा गरिएको छ।  दवाडीको ठाउँमा कृष्ण ज्ञवालीलाई ल्याइएको छ।  भूमि व्यवस्था विभागमातहतमा देशभरका मालपोत कार्यालय आबद्ध छन्।

यसैगरी बालुवाटारको जग्गा हेर्ने डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत विश्व मरासिनीको पनि सरुवा भएको छ।  उनको ठाउँमा गोविन्द अधिकारीलाई ल्याइएको छ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad