७ वैशाख २०८१ शुक्रबार
समाज

घुस लिएको अभियोगमा पक्राउ

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत पूर्वकर्मचारी हरिमोहन क्षेत्रीले सेवाग्राहीसँग रु एक लाख घुस मागेको अभियोगमा आज पक्राउ गरेको छ। 

आयोगले अनुसन्धानका लागि मागेका जग्गासम्बन्धी कागजात नपठाइ केही समयका लागि रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ। आयोगको हेटौँडाबाट गएको टोलीले क्षेत्रीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी क्षेत्रीको थप अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App