coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

३ प्रदेशले संविधान दिवस भव्य रूपमा मनाउने तयारी

फाइल फोटो

हेटौँडा – पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकले संविधान दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा संविधान दिवस मूल समारोह समितिसमेत गठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार दिवसलाई व्यवस्थित बनाउन बिभिन्न उपसमितिहरु समेत गठन गरेको बताए।

बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ भने सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा रचनात्मक क्रियाकलाप व्यवस्थापन उपसमिति गठन गरेको छ। त्यस्तै प्रदेशका मुख्य न्यायाधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा राजनीतिक दल समन्वय तथा जनपरिचालन उपसमिति, र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको  संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको जनाएको छ।

दिवसका अवसरमा सरसफाइ, परिसंवाद, खेलकूद लगायतका कार्यक्रम गरिने भएको छ। त्यस्तै दीपावली, बधाइ कार्यक्रम, बिभिन्न धार्मिकस्थलमा दीप प्रज्वलन, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान तथा ऐतिहासिक स्मारक मकवानपुरगढीमा नेपालको विशाल झण्डाको झण्डोत्तोलन गरिने तथा मुख्यदिन बृहत् सभा गरिने निर्णय भएको भएको छ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस प्रभावकारी बनाउने बताएको छ। उनले बिभिन्न उपसमितिहरुलाई जिम्मेवारी बाँडफाँड गरेअनुसार काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ। संविधान दिवस भनेको इतिहास भएकोले यसलाई भव्यरूपमा मनाउने उनले आग्रह गरेको छ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था, कृषि तथा सहकाaरीमन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल, मुख्य न्यायाधिवक्ता थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल लगायतको सहभागि थियो। रासस

प्रकाशित: १६ भाद्र २०७६ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App