coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

फाइल फोटो

झापा – मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो।

मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेको हो। झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले जानकारी दिएको छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App