७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लव समूहका जिल्ला इन्चार्ज कारागार चलान

फाइल फोटो

नवलपरासी - नेत्रविक्रम चन्द विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्यलाई कारागार चलान गरेको छ। सङ्गठित मुद्दामा फरार आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको हो।

आचार्य गत फागुन ३० गते चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति नवलपरासीको सरावल गाउँपालिका–१ तुल्सिपुरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा आगो लगाइ सङ्गठित अपराध मुद्दामा फरार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। रासस

प्रकाशित: १६ भाद्र २०७६ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App