coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

फाइल फोटो

काठमाडौँ - पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ। आज काठमाडाैँ आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो।

पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले आफूलाई गरेको पीडा स्वरवाट व्यक्त गर्न नसक्ने पशुको पीडाका पक्षमा बोल्नुपर्नेमा जोडदिँदै पशुको संरक्षणका लागि निर्दयीतापूर्वक मार्ने क्रियाकलाप रोक्न पशुकल्याण ऐनको तर्जुमा भइरहेको बताए। उक्त ऐन निकट भविष्यमा कार्यान्वयमा आउने उनले भने ।नेपालले पनि वर्षमा एक पटक विश्व पशु दिवस मनाउँदै आएको जानकारी दिँदै पशुलाई पनि बाँच्ने अधिकार भएकाले बस्ने तथा खाने ठाउँको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

यस्तै नेपाल भेटेरीनरी एशोशिएशनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले देशको पूर्व र पश्चिममा गाई र कुकुरलाई सामूहिक रुपमा मारिएकामा चिन्ता व्यक्त गर्दै यसमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखको संलग्नता भएको भनी उनलाई हदैसम्म कारवाही गर्न माग गरे।

नेपालगञ्जबाट २ सय ९० गाई दैलेख पठाइएकामा सुर्खेतमा ३० गाई मारिएका र १ सय ४४ गाई जङ्गलमा अलपत्ररुपमा छाडिएको उनले जानकारी दिए। त्यस्तै खोटाङमा दुई दर्जन कुकुरलाई कुटीकुटी निर्ममतापूर्वक मारिएको र अरु धेरै कुकुर घाइते अवस्थामा रहेको उनले बताए। अधिवक्ता पदमबहादृुर श्रेष्ठले कुकुर र गाईको हत्या गर्नेविरुद्ध कानूनी कारवाहीको स्पष्ट व्यवस्था रहेको र दोषीलाई हदैसम्म कारवाही गर्न माग गरे।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले सुर्खेतमा गाई तथा कुकुर मारिएको घटनाले समाजमा चिन्ता व्याप्त भएकाले सरकारले यसको समाधान गर्नुपर्नेमा जोड दिएको छ। स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले कुकुरलाई बन्ध्याकरण गर्नाको साटो कुटीकुटी मार्ने काम आपराधिक कार्य भएको दाबी गरेको छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App