८ वैशाख २०८१ शनिबार
समाज

पशु नियन्त्रणका वैज्ञानिक उपाय हुँदाहुँदै किन क्रुरता ?

काठमाडौं - यो हप्ता दुई घटना चर्चामा रहे। तर ति घटना सभ्य समाजमा कल्पनासम्म गर्न नसकिने थिए। पहिलो नेपालगञ्जको कान्जिहाउसबाट दैलेखतर्फ लैजान लागिएका भनिएका दुई सय ९१ गाई गोरुलाई सुर्खेतमा भिरबाट खसालियो। अर्को खोटाङमा कुकुर नियन्त्रणको नाममा कुटीकुटी हत्या गरियो।

नेपालगञ्ज प्रकरणमा ३५ भन्दा बढी गाई मरे भने त्यतिकै संख्यामा गाई गोरु घाइते भए। नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपायको व्यवस्थापन गर्ने भन्दै काञ्जिहाउसबाट गाई गोरु दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा लैजाने निर्णय गरेको थियो। तर श्रीस्थान नपुर्याउँदै गाई गोरुलाई भिरबाट खसाल्ने अमानवीय हर्कत भयो।

उक्त गौ हत्या प्रकरणमा संघीय सरकारले छानबिन गर्न उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी चार सदस्यीय छानविन समिति गठन गरिसकेको छ। यस्तो कार्यगर्नेमाथी कारवाहीको माग गर्दै विरोध समेत भएका छन्।

पशुपन्छि माथी निर्दयी व्यवहार गर्न नहुने कानुनमै व्यवस्था भएको बताउँछन् अधिवक्ता खगेन्द्र सुवेदी।

कान्जीहाउसभित्र पनि गर्मीले गाई धमाधम मर्ने अवस्थामा रहेकोले बाहिरै पठाउँदा राम्रो होला भनेर राम्रै सोचेर पठाएको तर ट्रकभित्रै मरेपछि रोडको छेउमा फालिएको बताउँछन् उपमहानगरका मेयर धवल शमशेर राणा।

दिक्तेल बजारमा कुकुरहरुलाई निर्मम तरिकाले मारिएको घटनाको यतिबेला चौतर्फी विरोध भइहरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उक्त कार्यले संवेदनाताको पनि ख्याल नगरिएको देखाउँछ। मेयर दिपनारायण रिजाल सचिवालयले भने भुस्याहा कुकुरलाई हैजा लागेको कारण मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले नियन्त्रण गर्नेक्रममा कुटपिट गरि मारिएको जानकारी आएको जनाएको छ। तर भिडियोमा भने त्यस्तो देखिँदैन, मानवीय संवेदना समेत हराएको जसरी कुकुरमाथी लठ्ठीले कुटपीट गरिरहेको देखिन्छ।

जनावर नियन्त्रणका अन्य वैज्ञानिक उपाय हुँदा हुँदै किन क्रुरता अपनाउन जरुरी थियो र यतिबेला यो प्रश्न टड्कारोरुपमा उठिरहेको छ।

प्रकाशित: १६ भाद्र २०७६ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App