coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय रूपैयाँ नसाटिँदा सास्ती

कृष्ण ओली

बाजुरा–तुलबहादुर विक १३ महिनापछि असोजमा घर फर्के। उनी नयाँ दिल्लीस्थित रानीबागमा काम गर्थे। रातको चौकीदारी र दिनमा सवारी साधान सफा गर्ने काम थियो। घरपरिवार र सन्तान पाल्न उनी भारत पसेका थिए। दशैं तिहार मनाएर फेरि भारत फर्किने उनको तयारी थियो।

तर तर उनले गरेको तयारी र सोेचेको सपना बीचमै रोकिएको छ। भारत सरकारले भारु ५ सय र १ हजारको नोट बन्देज गरेपछि उनलाई तनाब थपिएको छ। १३ महिनाको कमाई ६३ हजार भारु साथमा लिएर आएका थिए। १३ हजार दशैं र तिहार खर्चमा सकिसकेका छन्।

बाँकी ५० हजार साथ रहेको उनले बताए। ‘सँधै आउने बेला साटेर आउँथे । यो पटक कमिसन तिर्नु पर्ने डरले सबै बोकेर ल्याएँ, वर्षदिनको कमाई बग्छ, भन्ने थाहै थिएन,’ विकले भने। ५० हजार मात्र उनीसँग सबै नोट ५ सय र १ हजारको मात्र छ ।

मार्तडी स्थित राबा बैंक पुगे। सहकारीमा दिन खोजे कतै साटिएको छैन। उनले कतै नसाटिएपछि विना व्याज व्यापारीलाई ऋण लगानी गर्न पनि खोजे त्यो पनि कसैले पत्याएनन्। तनाबले दिनमा भोक र रातमा निद्रा कुनै नपर्ने गरे उनले फोन मार्फत दुखेसो गरे। ‘हामी गरिबका लागि यो नै जीवनको ठूलो कमाई थियो, भारत सरकारको निर्णयले बर्बाद हुने भयौं,’ उनले गुनासो गरे।

तुलबहादुर जस्तै बडिमालिका १ बस्ने रगे विकलाई पनि त्यस्तै पीर छ। उनीसँगै १२ हजार भारु नोट छन् । रगेले पनि भारतमै चौकीदारी गरेका थिए । तील विकलाई पनि रगे र तुलबहादुरको जस्तै पीर छ । उनीसँग कुल १० रुपैयाँ हजार छ। त्यो सबै भारु मात्र हो । जब उनी स्थानीय घटमुना बजारमा चामल किन्न गए । व्यापारीले नोट नलिने बताएपछि मात्र उनलाई थाह भयो ।

भारु नसाँटीदा जिल्लाका सबैजसो परिवारलाई सास्ती परेको छ। असार र कात्तिक खेती पछि यहाँका ६० प्रतिशत बढी युवाहरु नोकरीका लागि भारत जाने गर्छन् । भारतबाट फर्किदाँ सबैजसाले भारु नोट मात्र लिएर आउने गरेका छन् । जसका कारण अहिले समस्या देखिएको छ ।

भारत सरकारले एकाएक गरेको निर्णयले जिल्ला बासी मारमा छन्। यहाँका होटल, पसल, सहकारी सबैमा भारु नोट साट्न बन्द गरिएको छ। भारु नोट मात्र राखेका परिवारलाई सास्ती देखिएको छ। त्यसैमा श्रीमान विदेश गएका र घरमा श्रीमति मात्र भएका परिवारलाई बढी समस्या देखिएको छ ।

नेपाली बजारमा चल्ने, त्याउन पनि सजिलो हुने भएकोले अधिकांशले बन्द नोट ५ सय र १ हजारको मात्र ल्याउने गरेको जिल्लीका नरवीर विकले बताए। भारत सरकारले भारु नोटमा प्रतिवन्ध लगाएपछि बाजुरामा भारु नोटको कारोबार नै बन्द गरिएको छ। भारतको कमाइबाट परिवारको गुजारा गर्नेहरु धेरै छन् । हिउँद र बर्षादको चार÷चार महिना यहाँका गाउँ नै खाली हुने गरेका छन् ।

 

प्रकाशित: १ मंसिर २०७३ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App