coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ह्याकरहरुको पैसा साट्ने मनी एक्सचेन्जका तीन पक्राउः २९ लाख साटेको फेला

काठमाडौं । दुई मनी एक्सचेन्जका सञ्चालक र मेनेजर पक्राउ परेका छन् । आइतबार नेपाली बैंककाे एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेका मनी एक्सचेन्जका सञ्चालक र मेनेजरलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र मेनेजर रेवती दवाडी र डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछानेलाई पक्राउ गरिएको हो। 

ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको बोगटीले बताए।

प्रकाशित: १६ भाद्र २०७६ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App