६ वैशाख २०८१ बिहीबार
अर्थ

दूध उत्पादनको लागि उपलब्ध गराएको अनुदान प्रभावकारी बन्दै

फाइल फोटो

काठमाडौँ – प्रतिलिटर दूध उत्पादनमा ३ रूपैया अनुदान उपलब्ध गराउने माडी नगरपालिकाको निर्णय प्रभावकारी देखिएको छ। गत आर्थिक वर्षदेखि लागू गरिएको अनुदानको व्यवस्थाले त्यहाँ कृषक पशुपालनतर्फ आकर्षित भएका हुन्।कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष  ६० लाख विनियोजन गर्दै आएको छ।

कृषकलाई गत आर्थिक वर्षमा अनुदानबापत ३६ लाख ५० हजार उपलब्ध गराएको माडी पशुसेवा शाखाका प्रमुख मोहन रानाभाटले जानकारी दिए। कृषक पशुपालनतर्फ आकर्षित भएसँगै माडीमा दूध उत्पादनको वृद्धि भएको छ। अहिले त्यहाँ दैनिक छ हजार लिटर दूध उत्पादन भइरहेको छ। यस अघि दैनिक दुई हजार लिटर दूध उत्पादन हुने गरेको थियो।

शाखा प्रमुख रानाभाटका अनुसार खरीद गरिएको दूधको तथ्याङ्कअनुसार कृषकलाई अनुदान दिइएको हो। दूधको उत्पादन वृद्धि भएसँगै स्थानीय बजारमा माग बढेको उनको भनाइ छ । दूध उत्पादनको लागत घटाउन नगरपालिकाले घाँसमा आधारित पशुपालनलाई प्राथमिकता दिएको छ।

माडी नगरपालिका र कृषि विकास बैंकको संयुक्त सहकार्यमा कृषकले साढे चार प्रतिशतमा कर्जा पाउने भएपछि उनीहरु पशुपालनतर्फ आकर्षित भएका नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। प्रभावकारी देखिए पछि दूध उत्पादनमा पनि अनुदानको व्यवस्था गरेको उनले बताए।

स्थानीय कृषक सूर्यप्रसाद भुसालले उत्पादनमा आधारित अनुदान भएकाले कृषकलाई प्रोत्साहित गरेको बताए।। उनले अनुदानका कारण माडीमा घट्दै गएको दूध उत्पादन बढेको बताए। उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्नुपर्नेमा भुसालले जोड दिएको छ।

हाल नगरपालिकाले उपलब्ध गराउँदै आएको प्रतिलिटर ३ रुपैयालाई बढाएर १५ रुपैया पु¥याउन उनले नगरपालिकासँग माग गरेको छ।नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहन दिन कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले ११ करोड सहुलियत कर्जाको व्यवस्था गरेको छ।रासस

प्रकाशित: १६ भाद्र २०७६ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App