६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भारतमाथि हमला बोल्ने पाकिस्तानको चेतावनी

भारत - भारतमाथि हमला बोल्ने भन्दै पाकिस्तानले चेतावनी दिएको छ। पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले भारतलाई चेतावनी दिँदै आफ्नो देशसँग साना–साना परमाणु बम रहेको बताए। उनले भने,‘पाकिस्तानसँग १२५ देखि २५० ग्रामसम्मका साना परमाणु बमहरु रहेको छ।’

उनका अनुसार अब पाकिस्तानले कश्मीरमा जे पनि गर्न सक्छ किनकी अवस्था सन् १९४७ को जस्तै भएको छ । रशिदले स्थानीय सञ्चार माध्यमलाई भनेका छन्, ‘श्रीनगरको लालचोकसँग पाकिस्तानको रगतको नाता छ,त्यसैले त्यो नाताको लागि पनि आवश्यक परे पाकिस्तानले सहज रुपमा भारतलाई निशाना बनाउन सक्ने छ।’

अगस्ट ५ मा भारत सरकारले संविधानको धारा ३७० निष्प्रभावी घोषित गर्दै जश्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेपछि पाकिस्तानको तर्फबाट लगातार भड्काउने  खालका वक्तव्य आइरहेको छ। जसमा भारतले आपत्ति जनाएको छ।

कश्मीरको स्वायत्तता खोसिएसँगै पाकिस्तानले त्यसको विरोध गरेको छ । जसले गर्दा भारत र पाकिस्तानबिचको सम्बन्ध चिसिनुका साथै बदलाको भावना देखिएको छ,

प्रकाशित: १६ भाद्र २०७६ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App