७ वैशाख २०८१ शुक्रबार
शिक्षा

सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी

फाइल फाेटाे।

काठमाडौँ – विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरिएको छ।दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट बिभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो।

दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित ४३ सदस्यीय मूल समारोह समितिको पहिलो बैठकले विज्ञानका क्षेत्रमा कार्यरत् निजी क्षेत्रको समेत दिवसमा प्रतिनिधित्व गराइ प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरिएको  छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App