८ वैशाख २०८१ शनिबार
समाज

नियमित गर्भ जाँच्ने महिलालाई एक क्यारेट अण्डा

भोजपुर - गर्भवती महिला र सुत्केरी महिलाका लागि पौवादुङ्मा गाउँपालिकाले नयाँ योजना थप गरेको छ । गतवर्षबाट गाउँपालिका क्षेत्रभित्रका ग्रामिण महिलाहरुलाई बर्थिङ सेन्टरमा प्रसुति गरेबापत गाउँपालिकाले उपलब्ध गराउने रातोभाले र प्रसुति सामाग्रीमा यो वर्षबाट थप नियमित गर्भजाँच गराउने महिलालाई एक क्यारेट अण्डा प्रदान गरेको छ ।

गतसालको रातोभाले कार्यक्रमलाई निरन्तरता दिदै आमा तथा मातृशिशु मृत्यूदर नियन्त्रण गर्न गर्भजाँच गर्न आउने गर्भवती महिलालाई जाँच गर्दैपिच्छे क्यारेट अण्डा वितरण गर्ने नीति ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

उनले गर्भवती महिलाहरुको प्रसुतिका बेला हुने सम्भावित जोखिम र कठिनाई कम गर्न नियमित गर्भजाँच गर्न र गराउनका लागि यो योजना ल्याइएको बताए ।
पौवादुङ्मा गाउँपालिकाको ‘रातोभाले कार्यक्रम’ अन्र्तगत नियमित गर्भजाँच गराउने महिलालाई क्यारेट अण्डा वितरण गर्दै स्वास्थ्यकर्मी लगायत ।

प्रकाशित: १६ भाद्र २०७६ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App