७ वैशाख २०८१ शुक्रबार
अर्थ

कफीको मूल्य बढ्यो

काठमाडौं– सरकारले गतवर्षको तुलनामायस वर्ष कफीको मूल्यबढाएको छ । राष्ट्रिय चियातथाकफीविकास बोर्डले मंसिर १ गते(बुधबार) देखिलागू हुने गरी साबिकको तुलनामा बढाएरमूल्यनिर्धारण गरेको हो ।

कफीको ग्रेड अनुसारन्यूनतमकिलोको ३ देखि २५ रुपैयाँसम्म बढाएर मूल्यतोकिएको छ । बोर्डकाअनुसार फ्रेस चेरी ‘ए’ ग्रेड किलोको ८३ रुपैयाँ, ‘बी’ ग्रेडको ७८, पार्चमेन्ट ‘ए’ ग्रेडको ४ सय १५ र ‘बी’ ग्रेडको ४ सय रुपैयाँतोकिएको छ । गतवर्ष फ्रेस चेरी ‘ए’ ग्रेड किलोको ८० रुपैयाँ, ‘बी’ ग्रेड ७५, पार्चमेन्ट ‘ए’ ग्रेड ४ सय, ‘बी’ ग्रेडको ३ सय ७५ रुपैयाँतोकेकोगरेको छ ।

ड्राई चेरीको मूल्यभने यथावत राखेको बोर्डकानिर्देशक  शेषकान्तगौतमले बताए । ‘फ्रेस र पार्चमेन्ट कफीको मूल्य बढाएका छौं,’ गौतमले भने, ‘ड्राई चेरीको मूल्ययथावत छ ।’ ड्राई चेरी कफी ग्रेड ‘ए’किलोको १ सय ४०, ‘बी’ गे्रड १ सय र ‘सी’ ग्रेड ४० रुपैयाँमूल्य छ ।

नेपालमाआर्थिक वर्ष ०७२÷७३मा २ हजार ६ सय १८ रोपनीबाट४ हजार ३४ मेट्रिक टन कफीउत्पादनभएको थियो । गतवर्ष १० करोड ८लाख रुपैयाँको १ लाख १२ हजार ३ सय ७८ किलो कफीनिर्यात भएको तथ्यांक छ ।
कफीको उचितमूल्यनिर्धारण भएपनिपर्याप्तउत्पादनहुननसकेको कफीव्यवसायीमहासंघले जनाएको छ । ‘किसानले उचितमूल्यपाउनु सकारात्मकहो,’ महासंघका महासचिवभवानीप्रसादशर्माले भने, ‘उत्पादन बढाउन नसक्दा ठूलो परिमाण विदेश निर्यात गर्न कठिन हुन्छ ।’

कफीउपभोग गर्नेको संख्यावृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपालीकफीको मागउच्च भएपछि केहीवर्षयताकिसानमाझकफी खेतीप्रतिआकर्षण बढेको छ । कम मेहनतमा राम्रो आम्दानी र सजिलै बेच्न सकिने भएपछि पहाडी जिल्लामाकिसानले धमाधमकफी खेतीविस्तार गरेका छन् ।

मध्यपहाडका जिल्लामाव्यावसायिकबनाउँदै पूर्वी पहाडका जिल्लामा यो वर्षदेखि खेतीविस्तार गरिरहेको चियातथाकफीविकास बोर्डले जनाएको छ । पूर्वी पहाड चियाको लागिमात्रनभएर कफीको लागिपनिउपयुक्तहावापानीभएको ठहर गर्दै सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, इलाम, पाँचथर लगायतजिल्लामाकफी खेती सुरु गरेकोबोर्डले जनाएको छ । ‘पूर्वी पहाडका ६जिल्लामाकफीको व्यावसायिक प्रवद्र्धनमा जुटेका छौं,’ निर्देशकगौतमले भने, ‘चिया खेतीगर्ने किसानअहिले कफीतर्फ आकर्षित भएका छन् ।’

८ सयदेखि १६ सय मिटरको उचाइमाकफी फल्छ ।१९९५ सालमापश्चिमगुल्मीको आँपचौरमा सुरु भएको कफीकोमध्यपहाडी गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङ लगायत २३ जिल्लामाव्यावसायिक खेती छ । छहारीमुखि रोपेर उत्पादनलिन सकिने भएकोले पाखो क्षेत्रमापनियसको खेतीगर्न सकिन्छ । रोपेको दुईवर्षबाट उत्पादनदिन थाल्छ । अघिल्लो वर्षको तुलनामागतवर्ष करिब पौने चार सय हेक्टर क्षेत्रफलमाकिसानले कफी रोपेको बोर्डका योजनाअधिकृत गौरव लुइँटेलले बताए । ‘हरेक वर्ष क्षेत्रफल सहितउत्पादनपनि बढ्दै गएको छ,’ उनले भने, ‘कमलगानीमा धेरै आम्दानीगर्न सकिने भएकोले किसानआकर्षित छन् ।’

अन्तर्राष्ट्रिय बजारमा नेपालबाटकरिब ६ हजार मेट्रिक टन कफीमागभएपनिउत्पादनकम रहेको नेपालकफीव्यवसायीमहासंघका अध्यक्षश्याम भण्डारीले बताए । ‘हामीले करिब साढे ४ सय टन कफीउत्पादन गरेका छौं,’ अध्यक्ष भण्डारीले भने, ‘पहाडी हावापानीमाफलेको कफीको स्वादविदेशीउपभोक्तामाझलोकप्रिय छ ।’ यहाँउत्पादनभएको ४० प्रतिशतकफीविदेशीबजारमाजाने गरेको छ । जर्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्स लगायतमुलुकमा नेपालीकफीनिर्यात हुन्छ ।अहिले करिब ३० हजार किसानले कफी खेतीगरिरहेको अनुमानछ ।

प्रकाशित: १ मंसिर २०७३ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App