coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली दक्षिण कोरिया प्रस्थान

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन्। ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्समा भाग लिन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कोरिया प्रस्थान गरेका हुन्। 

भदौ १७ र १८ गते हुने विश्व सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सहरी क्षेत्रको पुनर्निर्माणका सम्बन्धमा प्रस्तुति गर्ने छन्। प्रस्तुति मूलभूत रुपमा काठमाडौं उपत्यकाभित्रका सम्पदा बस्तीहरुको गुरुयोजना,  कार्यान्वयन मोडालिटी र वित्तीय आवश्यकतामा केन्द्रित हुनेछ।

सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुले सहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन्।

सरकारले काठमाडौं उपत्यका भित्रका साँखु, बुङमती र खोकना सहितका ६ वटा बस्तीहरुलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी पुनर्निर्माण प्राधिकरणमार्फत वृहत्तर गुरुयोजना तयार पार्दैछ। ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनर्निर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही ३ लाख रुपैयाँका अतिरिक्त थप ५० हजार रुपैयाँ उपलब्ध गराएको छ।

भूकम्प प्रभावित क्षेत्रमा ६० वटा परम्परागत बस्तीहरु पहिचान गरिएको छ। 

शहरी योजनाका विज्ञ समेत रहनु भएका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेखित सम्पदा बस्तीसँग जोडिएका क्षेत्रमा हुन लागेको नयाँ सहर विस्तारबारे पनि प्रस्तुति गर्नेछन्।

यसका अतिरिक्त सम्पदा बस्तीहरुको गुरुयोजना तयारी तथा कार्यान्वयनमा आवश्यक पर्ने लगानी जुटाउने सम्बन्धमा समेत छलफल हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।

दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्याण्ड, मिनिस्ट्री अफ फरेन अफेयर्सको सहयोगमा इन्टरनेशनल कन्ट्रयाक्टर एशोसियसन कोरियाले कार्यक्रम आयोजना गरेको हो।

ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेललगायत छन्।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भदौ २० गते स्वदेश फर्किनु हुने कार्यक्रम छ।

प्रकाशित: १६ भाद्र २०७६ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App